काठमाडौं । दक्षिण कोरियाली कार निर्माता हुन्डाईले आफ्नो प्रसिद्ध एसयूभी प्यालिसेडको दोस्रो पुस्ताको मोडेल विश्व बजारमा सार्वजनिक गरेको छ। यो मोडेल हाइब्रिड पावरट्रेनको साथ आउँदैछ। कम्पनीको दाबी छ कि यो एसयूभीले फुल ट्यांकीमा लगभग १ हजार किलोमिटरसम्म यात्रा गर्न सक्छ।
सेगमेन्टमा उत्कृष्ट प्रदर्शनपछि प्यालिसेडलाई पूर्णतया नयाँ अवतारमा प्रस्तुत गरिएको छ। जसमा कम्पनीले धेरै ठूला परिवर्तन गरेको छ। ती परिवर्तनले यसलाई अझ राम्रो बनाएको छ।
हुन्डाई प्यालिसेड हाइब्रिडमा ब्रान्डको नयाँ चंकी डिजाइन ल्यांग्वेज देख्न पाइन्छ। यो थ्री–रोको एसयूभी अघिल्लो मोडेलभन्दा लगभग २.५ इन्च लामो छ। यो यस वर्षको अन्त्यतिर अमेरिकामा एकदमै नयाँ डिजाइन र दुई नयाँ पावरट्रेन अप्सनसहित बिक्रीमा आउनेछ।
हुन्डाईले डिजाइनमा धेरै प्रयोग गरेको छ र प्यालिसेडमा बोल्ड एलईडी डेटाइम रनिङ लाइटहरु छन्। जसले समतल, ठाडो ग्रिललाई हावी गर्दछ। हुन्डाईको अगाडिको भाग चौडा भए पनि तल रहेको सक्रिय एयरफ्लो सटरले यसको वायुगतिको सुधार गर्ने दाबी गरिएको छ।
प्यालिसेडको अगाडिको भाग एकदमै ठूलो र प्रभावशाली देखिन्छ। यसको बढीमा राम्रो क्रिज लाइन दिइएको छ। जसले एसयूभीलाई मस्क्युलर स्ट्यान दिन्छ। यसबाहेक ब्ल्याक र सिल्भरको प्लास्टिकको क्ल्याडिङले एसयूभीलाई तलदेखि चारैतिरबाट ढाक्छ। जसले यसको लुकलाई अझ स्पोर्टी बनाउँछ।
यस एसयूभीको क्याबिनलाई प्रिमियम र लग्जरी बनाउन हरसम्भव प्रयास गरिएको छ। यसको होरिजन्टल लेआउटमा १२.३ इन्चको डुअल कर्भी डिस्प्ले छ। हुन्डाईले थ्री–रोका लागि ट्विन–डोर सेन्टर स्ट्याक, कुल्ड वायरलेस चार्जिङ र १०० वाटको यूएसबी टाइप–सी पोर्टका साथ स्टोरेज प्रदान गरेको छ।
यसबाहेक १५ वाटको वायरलेस चार्जिङ प्याड पनि उपलब्ध छ। जसको सहायताले स्मार्टफोन सजिलै चार्ज गर्न सकिन्छ। कम्पनीले सेन्टर कन्सोलमा थप्दा आर्मरेस्ट पनि प्रदान गरेको छ। जुन चालक र सहचालक दुवैलाई आराम प्रदान गर्न डिजाइन गरिएको हो। यो आर्मरेस्टभित्र स्टोरेज स्पेस पनि उपलब्ध छ।
नयाँ प्यालिसेडमा ८ जना यात्रुका लागि मानक सिट सुविधा छ। तर क्याप्टेन चेयरको लचिलोपनले क्याबिन स्पेसलाई अझ विस्तार गर्दछ। यसलाई आवश्यकताअनुसार अगाडिको ड्राइभिङ र सहड्राइभिङ सिट धेरै हदसम्म ढल्काउन सकिन्छ।
हुन्डाई प्यालिसेड पहिलोपटक हाइब्रिड पावरट्रेनका साथ पेस गरिएको छ। जसमा टर्बोचाज्र्ड २.५–लिटर इनलाइन–फोर इन्जिन र दुई विद्युतीय मोटरहरु समावेश छन्। यो इन्जिनले २६२ बीएचपीको पावर उत्पन्न गर्छ। दुवै विद्युतीय मोटरहरुसँग यो पावर आउटपुट ३२९ बीएचपीसम्म बढ्छ। विशेष कुरा के छ भने कम्पनीले यसलाई हाइब्रिड र ननहाइब्रिड दुवै भेरियन्टमा प्रस्तुत गरेको छ।
सुरक्षाका लागि यस एसयूभीमा १० वटा एयरब्यागहरु प्रदान गरिएको छ। यसबाहेक फ्याक्ट्री ड्यास क्याम, फुल डिजिटल रियरभ्यू मिरर, यूभी–सी सेनिटाइजिङ कन्सोल र थ्री–रोको सिटबेल्ट प्रि–टेन्सनर चालक–सहायकजस्ता फिचरले यस एसयूभीमा यात्रुको सुरक्षालाई अझ राम्रो बनाउँछ।
यो एसयूभीको प्रारम्भिक मूल्य ४८ हजार डलर हुने अनुमान गरिएको छ। जबकि हाइब्रिड क्यालिग्राफीको मूल्य लगभग ५८ हजार डलर हुन सक्छ।
नयाँ हुन्डाई प्यालिसेड हाइब्रिड दक्षिण कोरियाको उल्सानमा एसेम्बल गरिनेछ। भी–६–पावर्ड प्यालिसेड मोडेल पहिले प्रस्तुत हुने अपेक्षा गरिएको छ। जब कि कम्पनीले हाइब्रिड भेरियन्ट पछि प्रस्तुत गर्नेछ।

















