IME Life New

अन्नपूर्ण केबल कारको ४०% हकप्रद शेयर बिक्री खुला, कसले भर्न पाउँछ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अन्नपूर्ण केबल कारले हाल कायम चुक्तापुँजीको ४० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको छ।

कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुका लागि चुक्तापुँजीको १ः०.४ अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४९ लाख ६० हजार कित्ता शेयर जारी गरेको छ।

Esewa
Crest

कम्पनीको गत चैत ३१ गतेसम्म वार्षिक साधारणसभाबाट कम्पनीको वृद्धि भएको जारी पुँजीमध्येबाट यो हकप्रद बिक्री खुला गरिएको हो। इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र कम्पनीको बैंक खातामा रकम जम्मा गरी सोको भर्पाइ कम्पनीको रजिस्टर्ड कार्यालयमा बुझाउन वा ई–मेलबाट पठाउन सकिनेछ।

शेयरधनीहरुले कम्पनीको राष्ट्रिय वाणिज्य बैंक (सिंहदरबार)मा रहेका खाता १८५०१०००००००९००१, नबिल बैंक (तीनधारा, काठमाडौं)मा रहेको १६९०१०१७५०३६६५ र लक्ष्मी सनराइज बैंक –गैरीधारा, काठमाडौं)मा रहेको ००२१०३१८४४९०१७ खातामा हकप्रद शेयर खरिदका लागि रकम जम्मा गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा पछि कुनै दाबी वा उजुरी नलाग्ने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS