IME Life New

डीएचएलले रोक्यो अमेरिकामा उच्च मूल्यका पार्सलको डेलिभरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वप्रसिद्ध कुरियर कम्पनी डीएचएलले अमेरिकामा उच्च मूल्याका पार्सलको डेलिभरी स्थगित गर्ने निर्णय गरेको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क (ट्यारिफ) बढाएसँगै डीएचएलले ८०० डलरभन्दा माथिका पार्सलको डेलिभरी स्थगित गर्ने निर्णय गरेको हो। यो निर्णय सोमबारबाट लागू हुने कम्पनीले जनाएको छ।

Esewa
Crest

कम्पनीले यो निर्णय अर्को सूचना नआएसम्मका लागि लागू हुने स्पष्ट पारेको छ। ‘अमेरिकी ग्राहकका लागि ८०० डलरभन्दा कम मूल्यका पार्सलको डेलिभरी गर्छौं। तर, केही ढिलाइ हुन सक्छ’, कम्पनीले भनेको छ।

यसअघि डीएचएलले २ हजार ५०० डलरसम्मको पार्सल अमेरिकामा पठाउँदै आएको थियो। ‘राष्ट्रपति ट्रम्पले ट्यारिफ लगाउनुभन्दा अघि भन्सार जाँचपासमा सामान्य प्रक्रिया पूरा गरेपछि डीएचएलमार्फत पठाइएका पार्सल अमेरिकी ग्राहकले पाउँथे’, कम्पनीले भने, ‘यसअघि ट्यारिफ लगाएपछि भन्सार जाँचपासमा कडाइ गरिएको छ। यसले गर्दा हामीले ८०० डलरभन्दा माथिको पार्सल डेलिभरी रोक्ने निर्णय गरेका हौँ।’

सन् १९६९ मा स्थापित डीएचएलको विश्वभर शाखाहरु रहेका छन्। कम्पनीले वार्षिक १ अर्ब ७० करोड पार्सल डेलिभरी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS