काठमाडौं । शेयर बजार साताको पहिलो कारोबार दिन आइतबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १६.६८ अंकले घटेर २७०६.०४ को विन्दुमा झरेको हो।
यो दिन नेप्सेमा सूचीकृतमध्ये ५३ कम्पनीको शेयरभाउ बढेको छ भने १९२ वटाको घटेको छ। आज एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज नेप्से उपसमूहमा रहेका २ वटा समूह बढेका छन् भने ११ वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.०२ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह सर्वाधिक १.३६ प्रतिशतले घटेको छ।
बजारमा आज करिब साढे ८ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार राधी विद्युतको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- राधी विद्युतः ६८ करोड ७६ लाख रुपैयाँ
- ङादी ग्रुप पावरः ५७ करोड २७ लाख रुपैयाँ
- बलेफी हाइड्रोपावरः ५६ करोड ६७ लाख रुपैयाँ
- निफ्राः ३८ करोड ६२ लाख रुपैयाँ
- सानिमा माई हाइड्रोपावरः ३७ करोड ५८ लाख रुपैयाँ
- एचआईडीसीएलः ३४ करोड ९१ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३३ करोड ७० लाख रुपैयाँ
- एचआईडीसीएलपीः २५ करोड ७६ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः २१ करोड ६७ लाख रुपैयाँ
- हिमालयन पावर पार्टनरः २० करोड ७४ लाख रुपैयाँ

















