IME Life New

१६ अंकले घट्यो बजार, कारोबार रकम ८ अर्ब ४३ करोड माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १६ दशलमव ६८ अंकले घटेर २,७०६ को विन्दुमा कायम भएको छ । आज ५३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२८ कम्पनीको २ करोड १३ लाख २३ हजार ९६७ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ४३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको शेयर कारोबार भएको छ । यस कम्पनीको ६८ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ५७ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बलेफी हाइड्रोपावरको ५६ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट मायक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतले कमाएका छन् । कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७ दशलमव ४९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ३३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS