IME Life New

राष्ट्रियस्तरका विकास बैंकः कामना सेवाको लाभांश क्षमता सबैभन्दा धेरै, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले करिब पौने ४ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्।

वित्तीय विवरणअनुसार चैतसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकले कुल ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.३५ प्रतिशतले बढेको छ।

Esewa
Crest

बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार गरिमा विकास बैंकले सर्वाधिक कमाउँदा लाभांश क्षमता भने कामना सेवा विकास बैंकको सबैभन्दा बढी देखिएको छ।

तेस्रो त्रैमाससम्म कामना सेवाले प्रतिकित्ता शेयर १८.९८ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

दोस्रोमा शाइन रेसुंगा डेभलपमेन्ट बैंक रहेको छ। यो बैंकको लाभांश क्षमता १०.५९ प्रतिशत देखिएको छ।

यसैगरी चैतसम्म सांग्रिला डेभलपमेन्ट बैंकले ९.०१ प्रतिशत, गरिमा विकास बैंकले ८.२३ प्रतिशत, मुक्तिनाथ विकास बैंकले ८.०४ प्रतिशत, महालक्ष्मी विकास बैंकले ५.०७ प्रतिशत र लुम्बिनीले ०.०२ प्रतिशत लाभांश क्षमता बनाएका छन्। ज्योति विकास बैंकको लाभांश क्षमता भने १७.२५ प्रतिशतले ऋणात्मक देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS