IME Life New

तेस्रो त्रैमाससम्म कुन वाणिज्य बैंकले कति बनाए लाभांश क्षमता ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म वाणिज्य बैंकहरुले सवा ४१ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १.४० प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ। समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ। नाफा वृद्धिको हिसाबले नेपाल बैंक अगाडि रहेको छ।

नाफा आर्जनको हिसाबले नेप्सेमा सूचीकृत १९ वटा वाणिज्य बैंकले तेस्रो त्रैमाससम्म औसत साढे ७ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएका छन्।

तेस्रो त्रैमाससम्म एभरेष्ट बैंकको लाभांश क्षमता सार्वजनिक देखिएको छ। यो बैंकले हालसम्म ३४.०९ प्रतिशत लाभांश वितरण गर्न सक्ने देखिएको छ।

दोस्रोमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल रहेको छ। यो बैंकले चैतसम्म १९.३५ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

तेस्रोमा सानिमा बैंक रहेको छ। सानिमा बैंकको लाभांक्ष क्षमता १८.९२ प्रतिशत देखिएको छ।

यसैगरी नबिल बैंकले १२.६८ प्रतिशत, कृषि विकास बैंकले १२.२५ प्रतिशत, ग्लोबल आइएमई बैंकले १२.०४ प्रतिशत, नेपाल एसबीआई बैंकले ११.१० प्रतिशत, प्राइम कमर्सियल बैंकले १०.५७ प्रतिशत, एनएमबि बैंकले ६.६५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ३.१७ प्रतिशत, नेपाल बैंकले २.७८ प्रतिशत, सिद्धार्थ बैंकले १.७५ प्रतिशत र सिटिजन्स बैंकले १.६९ प्रतिशत लाभांश वितरण गर्न सक्ने वित्तीय विवरणबाट देखिएको छ।
तेस्रो त्रैमाससम्म माछापुच्छ्रे बैंकको लाभांश क्षमता ०.३६ प्रतिशत रहँदा हिमालयन बैंक, प्रभु बैंक, कुमारी बैंक, एनआईसी एसिया बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले भने लाभांश दिन नसक्ने देखिएको छ।

राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन। यद्यपि यो बैंकले तेस्रो त्रैमाससम्म लाभांश दिन सक्ने क्षमता बनाएको छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS