IME Life New

राष्ट्रियस्तरका विकास बैंकको नाफा करिब पौने ४ अर्ब, गरिमाले धेरै कमाउँदा वृद्धिदर ज्योति अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको चैतसम्म राष्ट्रियस्तरका विकास बैंकहरुले करिब पौने ४ अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन्।

वित्तीय विवरणअनुसार चैतसम्म ८ वटा राष्ट्रियस्तरका विकास बैंकले कुल ३ अर्ब ६९ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएका हुन्। अघिल्लो वर्ष यही अवधिसम्म यी विकास बैंकहरुको कुल नाफा ३ अर्ब ५३ करोड ८८ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा बैंकहरुको नाफा ४.३५ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म सबैभन्दा धेरै नाफा आर्जन विकास बैंकमा गरिमा रहेको छ। यो बैंकले फागुनसम्म ७३ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ६८ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ७.३२ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म मुक्तिनाथ ७२ करोड ४८ लाख रुपैयाँ नाफा कमाउँदै दोस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८७ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा १६.६८ प्रतिशतले घटेको छ।

नाफा आर्जनको हिसाबले शाइन रेसुंगा तेस्रो स्थानमा रहेको छ। अघिल्लो वर्ष चैतसम्म ५१ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ५१ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको नाफा ०.१३ प्रतिशतले घटेको छ।

यसैगरी चैतसम्म कामना सेवाले ४९ करोड ३१ लाख रुपैयाँ, महालक्ष्मीले ४३ करोड ६५ लाख रुपैयाँ, सांग्रिलाले ४३ करोड ४२ लाख रुपैयाँ, ज्योतिले ३० करोड ६६ लाख रुपैयाँ र लुम्बिनीले ४ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कामना सेवाको नाफा ४८.८३ प्रतिशत, महालक्ष्मीको १६.८७ प्रतिशत, सांग्रिलाको ६१.१९ प्रतिशत र ज्योतिको १०१.१४ प्रतिशतले बढेको छ भने लुम्बिनीको ८५.४५ प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS