IME Life New

तेस्रो त्रैमाससम्म सर्वाधिक नाफा कमाउनेमा नबिल, वृद्धिदरमा नेपाल बैंक अगाडि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्म वाणिज्य बैंकहरुले सवा ४१ अर्ब रुपैयाँ नाफा कमाउन सफल भएका छन्।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको ९ महिनाको तथ्यांकअनुसार २० वटा वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हुन्। अघिल्लो वर्ष यही अवधिसम्म वाणिज्य बैंकहरुले ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकहरुको नाफा १.४० प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म ११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ। समीक्षा अवधिसम्म सर्वाधिक नाफा कमाउने नबिल बैंक अग्रस्थानमा रहेको छ। नाफा वृद्धिको हिसाबले नेपाल बैंक अगाडि रहेको छ।

चालु वर्षको फागुनसम्म नबिलले ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ८.२१ प्रतिशतले बढेको छ।

सर्वाधिक नाफा आर्जन गर्ने दोस्रोो बैंकमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक रहेको छ। यो बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ५४ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफामा ३८.६१ प्रतिशतले बढेको छ।

तेस्रो धेरै नाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको यो बैंकले समीक्षा अवधिसम्म ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको नाफा ३७.१२ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको चैतसम्म एभरेष्ट बैंकले ३ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ७८ करोड ३४ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब २२ करोड ९३ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा एभरेष्ट बैंकको नाफा ३२.५५ प्रतिशत, नेपाल बैंकको २०३२.८० प्रतिशत, एनएमबि बैंकको ५.८८ प्रतिशतले बढ्दा प्राइम बैंकको भने २२.५६ प्रतिशतले घटेको छ।

चैतसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड ३७ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८७ करोड ६० लाख रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८४ करोड ४३ लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब ६६ करोड ८२ लाख रुपैयाँ र सानिमा बैंकले १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा प्रभु बैंक र सानिमा बैंकको नाफा बढ्दा स्ट्यान्डर्ड चार्टर्ड बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंकको घटेको छ।

यस्तै चालु आर्थिक वर्षको ९ महिनामा लक्ष्मी सनराइज बैंकले १ अर्ब ६५ करोड २१ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २० करोड ४३ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकले १ अर्ब ३२ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। अघिल्लो वर्षको तुलनामा लक्ष्मी सनराइज बैंक र नेपाल एसबीआई बैंकको नाफा बढ्दा राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकको घटेको छ।

चैतसम्म सिजिजन्स बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, हिमालयन बैंकले ५० करोड रुपैयाँ, कुमारी बैंकले २८ करोड ५८ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। यी बैंकहरुको नाफा घटेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS