काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालू आर्थिक वर्ष ८१/८२को तेश्रो त्रैमाससम्म १५ करोड खुद मुनाफा गरेको छ। गत आर्थिक वर्ष बैंकले १ अर्ब ९१ करोड खुद मुनाफा गरेको थियो । खुद मुनाफा ९१.८१ प्रतिशत घटेको छ ।
खुद ब्याज आम्दानी २.७६ प्रतिशत घटेको छ । गत वर्ष ८अर्ब १८ करोड खुद ब्याज आम्दानी रहेकोमा अहिले ७ अर्ब ९६ करोड खुद ब्याज आम्दानी रहेको छ । संचालन मुनाफा अहिले १ अर्ब २९ करोड रहेकोमा गत वर्ष ३ अर्ब ६२ करोड थियो।
प्रतिशेयर आम्दानी १७.१२ बाट घटेर १.४० रुपैयाँ पुगेको छ। वितरणयोग्य मुनाफा ३ अर्ब ५६ करोड ९२ लाख ऋणात्मक रहेको छ। कम्पनीले २ खर्ब ९४ अर्ब निक्षेप उठाएको छ भने २ खर्ब ३३अर्ब कर्जा दिएको छ।
कम्पनीको खराब कर्जा वृद्धि हुँदै ५.७५ प्रतिशत पुगेको छ। गत वर्षको खराब कर्जा ३.०८प्रतिशत थियो । कम्पनीको प्रति शेयर नेट्वर्थ रु १९९.३० रहेको छ ।

















