IME Life New

कामना सेवा विकास बैंकले करिब ५०%ले बढ्यो नाफा, लाभांश क्षमता १९%

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकले ४९ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ३३ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ४८.८३ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ४९ करोड ५८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा २८ करोड ७३ लाख रुपैयाँले ऋणात्मक थियो। समीक्षा अवधिसम्म बैंकले १८.९८ प्रतिशत लाभांश क्षमता बनाएको छ।

बैंकको सञ्चालन मुनाफा बढेर ७१ करोड ६१ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ५४ करोड ६ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा पनि ३२.४४ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ६६ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ४५ करोड ८० लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी १४.१४ प्रतिशतले बढेको छ।

चुक्तापुँजी ३ अर्ब ५१ करोड ८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ४९ करोड ९८ लाख रुपैयाँ १ अर्ब ७१ करोड ९८ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा क्रमशः ४१ करोड १२ लाख रुपैयाँ र १ अर्ब ६९ करोड १९ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म बैंकले ६१ अर्ब ८८ करोड ७३ लाख रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ४६ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५९ अर्ब ६ करोड ६७ लाख रुपैयाँ निक्षेप संकलन गरी ४५ अर्ब ९७ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

बैंकको कर्जा–निक्षेप अनुपात ८६.०७ प्रतिशत रहेको छ। सोही अवधिसम्ममा बैंकको कुल सम्पत्ति ७० अर्ब २७ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्ष सोही अवधिमा ६७ अर्ब १९ करोड रुपैयाँ रहेको थियो। यसले बैंकको व्यापार विस्तार बढेको देखिन्छ।

समीक्षा अवधिसम्म बैंकले खराब कर्जा अनुपात (एनपीएल) बढेर ४.२७ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.५५ प्रतिशत थियो। यद्यपि बैंकको निष्क्रिय कर्जा र कर्जा नोक्सानी व्यवस्थाको अनुपात १०४.६४ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १८.७३ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १३.४७ रुपैयाँमा सीमित थियो। पीई रेसियो २३.३५ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १६३.२२ रुपैयाँ रहेको छ।

बैंकले यो वृद्धि वर्तमान आर्थिक चुनौतीको बीचमा हासिल गरेको हो। ब्याजदर, बजार प्रतिस्पर्धा र साइबर सुरक्षाजस्ता विषयका बाबजुद बैंकले आफ्नो व्यवसायलाई विस्तार गर्न सक्षम देखिएको हो। बैंकले गत साधारणसभावाट अविमोच्य अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकवाट सोको स्वीकृति लिई नेपाल धितोपत्र बोर्डसमक्ष स्वीकृतिका लागि पेस गरिसकेको छ। देशभर १३० शाखा रहेको बैंकले डिजिटल प्रविधिमा आधारित भई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS