IME Life New

भारतमा बीमामा ठग गिरोह सकृय, १२ राज्यमा फैलिएको जालोबाट रू १ अर्ब भन्दा बढी ठगी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतमा प्रहरीले अनुसन्धानका क्रममा यस्तो गिरोहबारे तथ्य फेला पारेको छ, जसले गरिबको नाममा बीमा गर्दै बीमावापतको रकम दाबी भुक्तानी कुम्ल्याउँदै ठगी गर्ने सञ्जाल चलाएको छ।

उत्तर प्रदेशको सम्भल जिल्ला प्रहरीले अनुसन्धान प्रतिवेदनका आधारमा उत्तर प्रदेश, बिहार र झारखण्डलगायत १२ वटा राज्यका विभिन्न ग्रामीण क्षेत्रहरूमा हजाराैं सर्वसाधारणको नाममा मृत्यु दाबीवापतको १ अर्ब रूपैयाँभन्दा बढी रकम घोटाला गरेको निष्कर्ष निकालेको हो। प्रहरीले सरकारी वकीलमार्फत ११ जना अभियुक्तहरू विरुद्ध ८०० पृष्ठ लामो अभियोग पत्र दायर गरेको टाइम्स अफ इण्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ।

Esewa
Crest

बीमा माफिया’ भनेर चिनिने यो समूहले मृतक वा र पहिले नै मृत्यु भइसकेका व्यक्तिहरूको नाममा जीवन बीमालेख खरिद गरेको आरोप छ। यी बीमालेखहरू आईसीआईसीआई प्रुडेन्सियल, पीएनबी मेटलाइफ, बजाज एलियान्ज र एसबीआई लगायतका प्रमुख बीमा कम्पनीहरूबाट दाबीवापतको रकम झिक्न प्रयोग गरिएको थियो। मृत्युको मुखमा पुगेका, बिरामी रहेका वा मरि सकेका मान्छेको नाममा अनलाइन म्यादी बीमालेख खरिद गर्ने, मृत्यु दर्ता प्रमाण पत्र प्राप्त गर्ने र बीमा कम्पनीसमक्ष बीमा दाबी गर्ने काम गर्दै आएको थियो।

गिरोहले दाबी भुक्तानीका लागि आवश्यक पर्ने कागज प्रमाणहरू मृतक वा बिरामी बीमितको परिवारजनलाई प्रलोभन दिएर हात पार्दै आएका थिए । दाबी भुक्तानीवापतको रकम मध्ये केही रकम मृतकको परिवारजनलाइ दिने र बाँकी सबै आफैं कुम्ल्याउने गरेका थिए । पछिल्लो समयमा उनीहरूले दाबी वापतको रकम आफैंले हात पारेपछि बेपत्ता हुने क्रम बढेपछि पीडितको गुनासो सार्वजनिक भएको हो।

द टाइम्स अफ इन्डियाका अनुसार सम्भलका प्रहरी अधिक्षक कृष्ण कुमार विष्णोई, सहायक प्रहरी अधीक्षक अनुकृति शर्मा र सर्कल अफिसर दीपक कुमारको नेतृत्वमा बीमा घोटालाको अनुसन्धान गरिएको थियो। यो धेरै राज्यहरूमा फैलिएको २६ सदस्यीय सञ्जालको कामको सुइको दिने गोप्य सूचनाबाट शुरू भएको थियो। धेरै जाहेरी दर्ता भएपछि यी व्यक्तिहरूलाई पक्राउ गरिएको थियो।

एएसपी अनुकृति शर्माले शुक्रबार स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा, “बिहीबार दायर गरिएको ८०० पृष्ठको आरोपपत्रमा जनवरी १७ देखि संभलमा एक एसयूभी रोकिएको र प्यान कार्ड, डेबिट कार्ड आदि सहित ठूलो मात्रामा अस्पष्ट नगद फेला परेको देखि सङ्कलन गरिएका प्रमाणहरूको सबै विवरणहरू छन्। यसले १२ राज्यहरूमा फैलिएको घोटालाको पर्दाफास गर्‍यो। अहिलेसम्म, हामीले आरोपपत्रमा ओंकारेश्वर मिश्रा (वाराणसी); सुरजपाल, सम्भलका शाहरुख खान; र बिहारका शिवेन्द्र कुमार सहित ११ जनालाई नाम दिएका छौं। यो एक निरन्तर अनुसन्धान भएकोले, धेरै अन्य व्यक्तिहरू फरार छन् वा रडारमा छन्।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS