IME Life New

तेस्रो त्रैमाससम्म नेपाल फाइनान्सको वित्तीय प्रदर्शन कस्तो ? मुख्य सूचकहरुबाट हेरौँ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल फाइनान्सले चालु आर्थिक वर्ष २०८१।८२ को तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीले १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले १३ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा २८.९८ प्रतिशतले बढेको छ।

Esewa
Crest

समीक्षा अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा २७ करोड ८० लाख रुपैयाँले ऋणात्मक रहेको छ।

तेस्रो त्रैमाससम्म कम्पनीले ६ लाख २२ हजार रुपैयाँ सञ्चालन घाटा व्यहोरेको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा १८ लाख ८३ हजार रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीले ४ करोड ६१ लाख ७४ हजार रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ७ करोड ५९ लाख ५३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो। कम्पनीको ब्याज आम्दानी ३९.२१ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको कम्पनीको रिजर्भको आकार बढेर ४९ करोड ७८ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ४३ करोड ४३ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ७५ करोड ८३ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ४३ करोड ७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष कम्पनीले २ अर्ब ५५ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

समीक्षा अवधिसम्म कम्पनीले खराब कर्जा अनुपात (एनपीएल) बढेर ९.६६ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि कम्पनीको एनपीएल ९.२४ प्रतिशत थियो।

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ०.३१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ०.२४ रुपैयाँमा थियो। पीई रेसियो २१९८.७२ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३७.१२ रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS