IME Life New

निप्स कैलालीले गर्यो प्राधिकरणका नवनियुक्त सुदूरपश्चिम प्रदेश प्रमुख भट्टको स्वागत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी कैलालीद्वारा एक विशेष कार्यक्रमको आयोजना गरी नेपाल बीमा प्राधिकरण सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रमुख केदारनाथ भट्टको स्वागत तथा पूर्वप्रमुख हृदयश्वर पण्डित र गेहेन्द्र अवस्थीको बिदाई गरिएको छ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रमुखको रूपमा पदभार ग्रहण गरेका भट्टलाई शुभकामना दिँदै बीमा क्षेत्रमा उनको अनुभव र योगदानले प्रदेशस्तरीय बीमा नियमन र व्यवस्थापन अझ प्रभावकारी हुने विश्वास व्यक्त गरिएको थियो ।

Esewa
Crest

त्यसैगरी, सुदूरपश्चिम प्रदेश कार्यालयबाट सरुवा भई नेपाल बीमा प्राधिकरणको केन्द्रिय कार्यालयमा आएका पूर्वप्रमुख पण्डित र अधिकारी गेहेन्द्र अवस्थीलाई संस्था र सहभागीहरूले हार्दिक कृतज्ञता प्रकट गर्दै सम्मानपूर्वक बिदाई गरेका थिए।

निप्स कैलालीका अध्यक्ष सुनील श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य निप्स लाइफका अध्यक्ष गणेश साउदले गरेका थिए भने कार्यक्रमको संचालन निप्स कैलालीका सचिव नर बहादुर नेगीले गरेका थिए । कार्यक्रममा जीवन तथा निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुख तथा शाखा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS