IME Life New

विद्युतीय सवारी साधनको लागि बेग्लै नीतिगत व्यवस्था गर्न नाडाको सुझाव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अटोमोबाइल्स एसोसिएसन अफ नेपालले विद्युतीय सवारी साधन धनीको आवश्यक्ता सम्बोधन हुने गरी सवारी बीमा सम्बन्धि प्रावधान लागू गर्न बीमा नियामकको ध्यानाकर्षण गराएको छ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरह ओझासँग प्राधिकरणमा शुक्रबार भएको छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले विद्युतीय सवारीसाधनको बीमालेख बारे प्राधिकरणको ध्यानाकर्षण गराएको हो।

Esewa
Crest

संघले विद्युतीय सवारी साधनको प्रकृती र सवारीधनीको आवश्यकतालाइ सम्बोधन गर्ने गरी विशिष्टीकृत बीमालेखको अभाव रहेको भन्दै प्राधिकरणको ध्यानाकर्षण गराएको छ। संघले विद्युतीय सवारीसाधनको बीमा सम्बन्धमा स्पष्ट, पारदर्शी र सुसंगत नीति निर्माणको आवश्यकता औंल्याएको छ। विद्युतीय सवारीसाधनको बढ्दो संख्याका कारण उत्पन्न ब्याट्री व्यवस्थापन, पुनप्रयोग लगायतका जोखिम व्यवस्थापनका विषयमा समेत प्राधिकरणले आवश्यक नीति बनाउनुपर्ने सुझाव प्रतिनिधि मण्डलको छ ।

विद्युतीय सवारीसाधनको पार्टपूर्जा, सवारी सञ्चालन गर्ने स्वचालित प्रणाली, प्रोग्रामिङ बोर्डहरू र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, दाबी प्रकृया सहज बनाउने, उपयुक्त बीमा दर लागू गर्नेबारे गृहकार्य भइरहेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सवारी वितरकको सुझाव समेत समेट्ने आश्वासन दिएको छ ।

विद्युतिय सवारी साधनहरुका सम्बन्धमा नीति निर्माण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नुपर्ने आवश्यकता देखिएकोले न्यूनतम रुपमा दक्षिण एसियाली राष्ट्रहरुमा प्रयोगमा रहेका नीति र अभ्यासहरुको अध्ययन गरी त्यसबारे नाडाले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्ने सहमति भएको नाडाद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS