IME Life New

वार्षिकोत्सवको अवसरमा सिटिजन्स बैंकद्वारा १८ दिनसम्म सडक आश्रितलाई भोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा घरबारविहीन तथा मानसिक सन्तुलन गुमाएर सडकमा आश्रय लिएका व्यक्तिहरूलाई १८ दिनसम्म भोजनको व्यवस्था गरेको छ। बैंकले भोटुस्इन्दिरा समाज कल्याण संस्थासँगको सहकार्यमा चैत्र २०, २०८१ देखि वैशाख ६, २०८२ सम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका करिब १९०० जनालाई दैनिक भोजन उपलब्ध गराएको हो।

बौद्ध, चाबहिल, जोरपाटी, मैतीदेवी, सेतोपुल, पुरानो बानेश्वर, भीमसेनगोला, बत्तीसपुतली, सिनामंगल, गौशाला लगायतका क्षेत्रका नदी किनार, सडक छेउ तथा पुलमुनी बस्दै आएका व्यक्तिहरूलाई लक्षित गरी बैंकले यो अभियान सञ्चालन गरेको जनाएको छ। यस कार्यक्रममार्फत समाजमा उपेक्षित समुदायप्रति उत्तरदायित्व निर्वाह गर्दै संस्थागत सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने प्रयास गरिएको छ।

Esewa
Crest

बैंकले यसै अवसरमा चैत्र २ गतेदेखि वैशाख ५ गतेसम्म ७ वटै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गरेको छ। कोशी प्रदेशको हल्दिबारी र महेन्द्रचोक, मधेश प्रदेशको विद्यापति चोक, बागमती प्रदेशको बुढानीलकण्ठ, गण्डकी प्रदेशको अमरापुरी, लुम्बिनी प्रदेशको जीतपूर र हस्पिटललाइन, कर्णाली प्रदेशको श्रीनगर र दुल्लु तथा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा सञ्चालन गरिएका शिविरहरूबाट करिब १७०० जनाले प्रत्यक्ष स्वास्थ्य सेवा प्राप्त गरेका छन्।

बैंकले प्रत्येक वर्ष वार्षिकोत्सवको अवसरमा सामाजिक कार्यहरू गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS