काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म बैंकहरुबाट डेढ खर्ब रुपैयाँ बढी सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकबाट बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा १ खर्ब ५९ अर्ब ३९ करोड ७५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो। फागुनसम्म सहुलियतपूर्ण कर्जाका लागि सरकारले २८ अर्ब ४९ करोड ३ लाख रुपैयाँ ब्याज अनुदान गएको छ।
सबैभन्दा धेरै व्यावसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। यो शीर्षकमा ९१ अर्ब ५४ करोड ३४ रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। जसमा बिना धितो २ अर्ब ४७ करोड ४४ लाख रुपैयाँ धितोसहित ८९ अर्ब ६ करोड ९० लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ। यो शीर्षकमा ऋणी संख्या ३९ हजार ९९७ रहेको छ।
यसैगरी महिला उद्यमशील शीर्षमा दोस्रो धेरै सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। यो शीर्षकमा बैंकहरुबाट ६४ हजार ११९ ऋणीका लागि ६५ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।
तेस्रो धेरै सहुलियतपूर्ण कर्जा स्वीकृत हुने क्षेत्र कपडा उद्योग सञ्चालनका लागि रहेको छ। यो शीर्षकमा बैंकहरुको १ अर्ब ६ करोड ६५ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ।
राष्ट्र बैंकका अनुसार अझै ९६ अर्ब ६२ करोड ३० लाख रुपैयाँ सहुलियतपूर्ण स्वीकृत हुन बाँकी रहेको छ।
सहुलियतपूर्ण कर्जा कुन क्षेत्रमा कति ?
Interest-subsidized-loan-to-be-published-Falgun-2081
















