IME Life New

बैंकहरुबाट १.५९ खर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत, ब्याज अनुदानमा गयो साढे २८ अर्ब

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म बैंकहरुबाट डेढ खर्ब रुपैयाँ बढी सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको फागुनसम्मको तथ्यांकबाट बैंक तथा वित्तीय संस्थाबाट विभिन्न शीर्षकमा १ खर्ब ५९ अर्ब ३९ करोड ७५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो। फागुनसम्म सहुलियतपूर्ण कर्जाका लागि सरकारले २८ अर्ब ४९ करोड ३ लाख रुपैयाँ ब्याज अनुदान गएको छ।

Esewa
Crest

सबैभन्दा धेरै व्यावसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। यो शीर्षकमा ९१ अर्ब ५४ करोड ३४ रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। जसमा बिना धितो २ अर्ब ४७ करोड ४४ लाख रुपैयाँ धितोसहित ८९ अर्ब ६ करोड ९० लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ। यो शीर्षकमा ऋणी संख्या ३९ हजार ९९७ रहेको छ।

यसैगरी महिला उद्यमशील शीर्षमा दोस्रो धेरै सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। यो शीर्षकमा बैंकहरुबाट ६४ हजार ११९ ऋणीका लागि ६५ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ।

तेस्रो धेरै सहुलियतपूर्ण कर्जा स्वीकृत हुने क्षेत्र कपडा उद्योग सञ्चालनका लागि रहेको छ। यो शीर्षकमा बैंकहरुको १ अर्ब ६ करोड ६५ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ।

राष्ट्र बैंकका अनुसार अझै ९६ अर्ब ६२ करोड ३० लाख रुपैयाँ सहुलियतपूर्ण स्वीकृत हुन बाँकी रहेको छ।

सहुलियतपूर्ण कर्जा कुन क्षेत्रमा कति ?

Interest-subsidized-loan-to-be-published-Falgun-2081

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS