IME Life New

हुलदंगाको क्षतिमा कुन-कुन क्षेत्रबाट कति पर्यो बीमा दाबी ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत चैत १५ काठमाडौंको तीनकुने, कोटेश्वरलगायतका क्षेत्रमा भएको राजावादीहरुको प्रदर्शनका क्रममा सिर्जित हुलदंगाबाट भएको क्षतिमा सम्पत्ति बीमातर्फ सबैभन्दा बढी रकमको दाबी परेको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको निर्जीवन बीमाहरुमा वैशाख ३ गतेसम्म प्राप्त दाबीको तथ्यांकबाट यस्तो देखिएको हो। हालसम्म १२ वटा निर्जीवन बीमकमा सम्पत्ति बीमातर्फ २१ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले कुल २ करोड ७८ लाख ८७ हजार ६१४ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले सम्पत्ति बीमातर्फ ८ वटा दाबीको ३२ लाख ४२ हजार ३४१ रुपैयाँ भुक्तानी गरिसकेका छन्।

Esewa
Crest

यसैगरी दोस्रो धेरै दाबी मोटर बीमा (निजी)तर्फ परेको छ। कम्पनीहरुमा मोटर बीमा (निजी) तर्फ २२ वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले १ करोड ६ लाख २३ हजार ९७७ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले ४ वटा दाबीको ९२ हजार ३८२ रुपैयाँ भुक्तानी गरेका छन्।

प्राधिकरणका अनुसार हालसम्म हुलदंगाबाट भएको क्षतिमा इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ३ वटा दाबीको कम्पनीहरुले ३७ लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक)तर्फ २ वटा दाबीको २७ लाख ५० हजार रुपैयाँ र विविध बीमातर्फ २ वटा दाबीको १० लाख १ हजार १३० रुपैयाँ भुक्तानी गर्नुपर्ने प्रारम्भिक अनुमान गरिएको छ। विविधतर्फ कम्पनीले एउटा दाबीको १ हजार १३० रुपैयाँ भुक्तानी गरिसकेको छ।

वैशाख ३ गतेसम्म कम्पनीहरुमा हुलदंगाबाट भएको क्षतिमा ५० वटा दाबी परेका छन्। ती दाबीको कम्पनीहरुले कुल ४ करोड ५९ लाख ६२ हजार ७२१ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको छ। हालसम्म कम्पनीहरुले १३ वटा दाबीको ३३ लाख ३५ हजार ८५३ रुपैयाँ भुक्तानी गरिसकेका छन्।

निर्जीवन बीमकमध्ये शिखर इन्स्योरेन्सले कम्पनीमा परेको सबै दाबीको भुक्तानी गरिसकेको प्राधिकरणको तथ्यांकले देखाउँछ। यो कम्पनीमा ५ वटा दाबी परेको थियो। ती दाबीको कम्पनीले ४ लाख ९८ हजार २१३ रुपैयाँ भुक्तानी गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS