IME Life New

कहिलेसम्म शेयर किन्नले स्वाभिमान लघुवित्तको प्रस्तावित लाभांश पाउँछन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ वैशाख ११ गते बुक क्लोज गर्ने भएको छ । यसको अर्थ वैशाख १० गतेसम्म कायम शेयरधनीहरु मात्रै यो संस्थाको वार्षिक साधारणसभा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

कम्पनीले गत आथिृक वर्षको नाफाबाट ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा बोनस शेयर ५ प्रतिशत र कर प्रयोजनार्थ ०.२५३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ता गरेको छ । कम्पनीले सभाले सो प्रस्ताव अनुमोदन गर्नेछ ।

Esewa
Crest

कम्पनीले लाभांश पारित गर्न आफ्नो आठौँ वार्षिक साधारणसभा आउँदो वैशाख १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको तिलोत्तमास्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले बोनस शेयर वितरणपछि संस्थाको चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। प्रबन्धपत्र र नियमावली संशोधन गर्दा नियमनकारी निकायहरुबाट आवश्यक निर्देशन भएमा सोहीबमोजिम गर्ने गराउने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्षका लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ। रिक्त सञ्चालक पदमा मनोनयन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS