IME Life New

दुई वाणिज्य बैंकको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई वाणिज्य बैंकको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

कुमारी बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक समूहको कुल ३ लाख ६१ हजार ८६० कित्ता शेयर बिक्रीमा राखिएको हो। जसमा कुमारी बैंकको १ लाख ९२ हजार ६४१ कित्ता र नेपाल इन्भेस्टमेन्ट बैंकको १ लाख ६९ हजार २१९ कित्ता शेयर बिक्रीमा राखिएको छ।

Esewa
Crest

कुमारी बैंकको शेयरमा हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय र नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

यसैगरी नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शेयरमा पनि हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले खरिद आवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको लाजिम्पाटस्थित बैंकको शेयर शाखामा निवेदन दिनुपर्नेछ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट खरिद निवेदन परेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS