काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको २७ प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन गरेको हो । हिजो बिहीबार दोस्रो बजारमा भएको अन्तिम कारोबार मूल्य ६२९.१६ रुपैयाँको आधारमा कम्पनीको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात कम्पनीको शेयर मूल्य ५१६.६६ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर आइतबारदेखि दोस्रो बजारमा शेयर कारोबार हुनेछ ।

















