IME Life New

तमानखोला गाउँपालिकामामा बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बागलुङ जिल्लामा अवस्थित तमानखोला गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख शम्भु प्रसाद मिश्रले कार्यक्रमको अध्यक्षता गरेका थिए ।

कार्यक्रमको प्रमुख अतिथिमा पालिकाकी उपाध्यक्ष हिरा कुमारी छन्त्याल रहेकी थिइन् भने बिशेष अतिथिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमित परियार रहेका थिए ।

Esewa
Crest

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, वडा सदस्यहरु, कार्यालयका शाखा प्रमुखज्युहरु, कर्मचारीहरु, किसान तथा व्यवसायीहरु तथा बीमकका शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा कार्ययोजनाको प्रस्तुतीकरण बीमा प्राधिकरणको सहायक निर्देशक ऋचा कुशुम लम्सालले प्रस्तुत गगरेकी थिइन् । कार्यक्रमको सन्चालन बीमा प्राधिकरणको सहायक प्रथम बलराम लामिछानेले गरेका थिए ।

उक्त कार्यक्रममा सामुहिक दुर्घटना बीमा, कृषि बीमा र जीवन बीमाको बारेमा छलफल भएको थियो । छलफल पश्चात मन्तव्यको क्रममा बीमाका कार्यक्रमहरुलाइ अब आउने नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता प्रमुख प्रशासकीय अधिकृतले व्यक्त गरेका थिए ।

साथै गाउँपालिकाकी उपाध्यक्षले आफू अभिकर्ता भएर नि काम गरेको अनुभव सुनाउँदै बीमा मानव जीवनका लागि अपरिहार्य रहेको भन्दै उपस्थिति सम्पुर्णलाई बीमामा जोडिन आग्रह गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS