IME Life New

आइपीओ ल्याउँदै दुई होटलसहित चार कम्पनी, धितोपत्र बोर्डसँग मागे अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दुई होटलसहित चार कम्पनीले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएका छन्। होटल समूहका वरनावास म्युजियम होटल र माउन्टेन ग्लोरी, अन्य समूहको प्रभु हेलिकोप्टर र हाइड्रोपावर समूहको म्याग्दी हाइड्रापावरले नेपाल धितोपत्र बोर्डबाट आइपीओ निष्कासनको अनुमति माग्दै निवेदन दिएका छन्।

वरनावास म्युजियम होटलले ३९ करोड ६० लाख रुपैयाँबराबरको आइपीओ ल्याउने धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डको अनुमतिपछि यो होटलले १०० रुपैयाँ अंकित दरका कुल ३९ लाख ६० हजार कित्ता आइपीओ ल्याउनेछ। यो होटलको आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ।

Esewa
Crest

यसैगरी धितोपत्र बोर्डको अनुमतिपछि माउन्टेन ग्लोरीले ४० करोड रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। यो होटलले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ। होटलको आइपीओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।

धितोपत्र बोर्डले अनुमति दिएमा प्रभु हेलिकोप्टरले ६१ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६१ लाख २५ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। प्रभु हेलिकोप्टरको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिलट रहेको छ।

त्यस्तै म्याग्दी हाइड्रोपावरले ४७ करोड ४५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ। धितोपत्र बोर्डले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ४५ हजार कित्ता आइपीओ बिक्री खुला गर्नेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS