IME Life New

चलचित्र निर्माणमा शेयर लगानीकर्ता विकास जोशी, साउन २३ बाट प्रदर्शनमा ल्याउँदै ‘सिटामोल’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर लगानीकर्ता विकासराज जोशी चलचित्र निर्माणमा लागेका छन्। जोशीको निर्माणमा चलचित्र ‘सिटामोल’ आउँदो साउन २३ गतेबाट प्रदर्शनमा आउने भएको छ।

वैशाख १ गते कार्यक्रमबीच चलचित्र सिटामोलको प्रदर्शन मिति घोषणा गरिएको हो। सोही दिन यो चलचित्रको पोस्टर सार्वजनिक गरिएको थियो। चलचित्रको मुख्य भूमिकामा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल छन्।

Esewa
Crest

चलचित्रको पोस्टरमा सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन् भने उनको छेऊमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन् । सिनेमामा उनीहरु श्रीमान–श्रीमतीको भूमिका रहेको हुन सक्न अनुमान गर्न सकिन्छ।

राजबहादुर सानेको निर्देशित चलचित्रमा माओवादी जनयुद्धको कथा उठान गरिएको छ। तुलसीदेवी फिल्मले जुनतारा फिल्मसको सहकार्यमा निर्माण भएको चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले संयुक्त रुपमा लेखेका हुन्। सिनेमामा विकाससँगै भुगोल कार्की पनि निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता र गंगाराम श्रेष्ठ सहनिर्माताका रुपमा छन्।

चलचित्रमा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डीसीको अभिनय रहेको छ।

बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, बन्दे प्रसादको सम्पादन, डिआई कलर राजेन्द्र मोक्तान, राउण्ड डिजाइनर मुकेश शाह र द्वन्द्व निर्देशन देव महर्जन छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS