IME Life New

विश्वका शक्तिशाली राष्ट्रको सूची सार्वजनिक, शीर्ष १० मा कुन-कुन देश ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हाल विश्वको हरेक कुनामा तनाव छ। युद्धको अवस्था सिर्जना नभएको कुनै महादेश सायदै होला। यस्तो अवस्थामा हरेक देश आफ्नो सैन्य शक्ति बढाउन व्यस्त छन्।

नयाँ हतियारहरु बनिरहेका छन्। सैन्य अड्डाहरु विस्तार हुँदैछन्। विभिन्न देशहरुसँग रक्षा सम्बन्ध विकास भइरहेको छ। यस्तो अवस्थामा जान्नुहोस् विश्वका १० सबैभन्दा शक्तिशाली देश कुन–कुन हुन् ?

Esewa
Crest

अमेरिका

ग्लोबल फायरपावरको सैन्य शक्ति श्रेणीअनुसार अमेरिका विश्वका शीर्ष १० शक्तिशाली देशहरुको शीर्ष स्थानमा छ। पावर इन्डेक्समा अमेरिकाले ०.०७४४ अंक प्राप्त गरेको छ। अमेरिकी सैन्य कर्मचारीको कुल संख्या २१ लाख २७ हजार ५०० छ। त्यस्तै अमेरिकासँग कुल १३ हजार ४३ विमान र ४ हजार ६४० ट्यांक छन्।

रुस

ग्लोबल फायरपावरको सैन्य शक्ति श्रेणीअनुसार रुस विश्वका शीर्ष १० शक्तिशाली देशहरुमध्ये दोस्रो स्थानमा छ। पावर इन्डेक्समा रुसले ०.०७८८ अंक प्राप्त गरेको छ। रुसी सैन्य कर्मचारीको संख्या ३५लाख ७० हजार, सैन्य विमान संख्या ४ हजार २९२ र ५ हजार ७५० ट्यांक छन्।

चीन

चीन विश्वका शीर्ष १० शक्तिशाली देशको सूचीमा तेस्रो स्थानमा छ। पावर इन्डेक्समा चीनले ०.०७८८ अंक प्राप्त गरेको छ। जुन रुसको बराबर हो। चिनियाँ सैन्य कर्मचारीहरुको संख्या ३१ लाख ७० हजार छ। चीनसँग कुल सैन्य विमान संख्या ३ हजार ३०९ छ र ट्यांक संख्या ६ हजार ८०० छ।

भारत

बल फायरपावर सैन्य शक्ति श्रेणीअनुसार भारत विश्वका शीर्ष १० शक्तिशाली देशहरुमध्ये चौथो स्थानमा छ। पावर इन्डेक्समा भारतले ०.११८४ अंक प्राप्त गरेको छ। भारतमा सक्रिय सैन्य कर्मचारीहरुको संख्या ५१ लाख ३७ हजार ५५० छ। यसबाहेक कुल सैन्य विमानको संख्या २ हजार २२९ छ र ट्यांकको संख्या ४ हजार २०१ छ।

दक्षिण कोरिया

दक्षिण कोरिया विश्वका शीर्ष १० शक्तिशाली देशहरुको सूचीमा पाँचौँ स्थानमा छ। पावर इन्डेक्समा दक्षिण कोरियाले ०.१६५६ अंक प्राप्त गरेको छ। दक्षिण कोरियाको सैन्य कर्मचारीको संख्या ३८ लाख २० हजार, १ हजार ५९२ सैन्य विमान र २ हजार २३६ ट्यांक छन्।

बेलायत

ग्लोबल फायरपावरको सैन्य शक्ति वरियताअनुसार बेलायत विश्वका शीर्ष १० शक्तिशाली देशहरुमा छैटौँ स्थानमा छ। पावर इन्डेक्समा बेलायतले ०.१७८५ अंक प्राप्त गरेको छ। संयुक्त अधिराज्यको सैन्य कर्मचारीको संख्या ११ लाख ८ हजार ८६० रहेको भने ६३१ सैन्य विमान र २२७ ट्यांक छन्।

फ्रान्स

ग्लोबल फायरपावरको सैन्य शक्ति श्रेणीअनुसार फ्रान्स विश्वका शीर्ष १० शक्तिशाली देशहरुमध्ये सातौँ हो। पावर इन्डेक्समा फ्रान्सले ०.१८७८ अंक प्राप्त गरेको छ। फ्रान्सको सैन्य कर्मचारीहरुको संख्या ३ लाख ७६ हजार छ। साथै, फ्रान्ससँग ९७६ सैन्य विमान र २१५ ट्यांक छन्।

जापान

ग्लोबल फायरपावरको सैन्य शक्ति श्रेणीअनुसार जापान विश्वका शीर्ष १० शक्तिशाली देशहरुको सूचीमा आठौँ स्थानमा छ। पावर इन्डेक्समा जापानले ०.१८३९ अंक प्राप्त गरेको छ। जापानको सैन्य कर्मचारी संख्या ३ लाख २८ हजार १५० छ। जापानसँग १ हजार४४३ सैन्य विमान र ५२१ ट्यांक छन्।

टर्की

टर्की विश्वका शीर्ष १० सबैभन्दा शक्तिशाली देशहरुको सूचीमा नवौँ स्थानमा छ। पावर इन्डेक्समा टर्कीले ०.१९०२ अंक प्राप्त गरेको छ। कुल सैन्य कर्मचारी संख्या ८ लाख ८३ हजार ९०० रहेको टर्कीसँग १ हजार ८३ सैन्य विमान र २ हजार २३८ ट्यांक छन्।

इटाली

इटाली दसौँ स्थानमा छ। पावर इन्डेक्समा इटालीले ०.२१६४ अंक प्राप्त गरेको छ। इटालीको सैन्य कर्मचारीको संख्या २ लाख ८९ हजार रहेको छ भने ७२९ सैन्य विमान र २०० ट्यांक छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

23%
happy

खुसी

29%
sad

दु :खी

35%
amazed

अचम्मित

8%
excited

उत्साहित

6%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS