IME Life New

बंगलादेशी बीमकको दाबी भुक्तानी दर झन् झन् घट्दै, ठगिए बीमित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बंगलादेशको बीमा क्षेत्रमा दाबी भुक्तानीको दर विगतका केही वर्षयता निरन्तर घट्दै गएको छ। संस्थागत सुशासन, पारदर्शिताको अभाव रहेको बंगलादेशको बीमा क्षेत्रको पछिल्लो चित्रले पहिले नै विश्वव्यापी मापदण्डभन्दा पछाडि रहेको बीमा उद्योगमा बीमितको विश्वासलाई थप कमजोर बनाएको छ।

बीमा विकास तथा नियामक प्राधिकरणका अनुसार २०२४ मा, बीमा दाबीहरूको केवल ५७ प्रतिशत मात्र फर्छ्याैट अर्थात भुक्तानी गरिएको छ। यो अघिल्लो वर्षको ६५ प्रतिशतको तुलनामा उल्लेख्य गिरावट हो।

Esewa
Crest

मौद्रिक हिसाबले, बीमकमहरूले गत वर्ष १ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ बराबरको कुल दाबीको तुलनामा ९४ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गरे। यसमा, जीवन बीमकको दाबी भुक्तानीको अवस्था निर्जीवन बीमकको भन्दा थोरै राम्रो रहेको थियो। जीवन बीमालेखहरूको भुक्तानी दर ७२ प्रतिशतबाट ६५ प्रतिशतमा झरेको छ। यसैगरी निर्जीवन बीमाको दाबी ४१ प्रतिशतबाट ३२ प्रतिशतको निराशाजनक बिन्दुमा खस्किएको छ।

विश्वव्यापी रूपमा, औसत दाबी भुक्तानी दर ९७-९८ प्रतिशतको वरिपरि छ। छिमेकी मुलुक भारतमा, आर्थिक वर्ष २०२२-२३ मा दाबी भुक्तानी दर ९८ प्रतिशतको औसतमा  थियो।

हाल बंगलादेशमा ३६ जीवन बीमा कम्पनीहरू र ४६ निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। गोल्डेन लाइफ इन्स्योरेन्सले अझै पनि नियामकलाई आफ्नो तथ्याङ्क पेश गरेको छैन। बीमा ऐन २०१० अनुसार, बीमकले बीमालेख परिपक्व भएपछि सबै आवश्यक कागजातहरू प्राप्त गरेको ९० दिन भित्र दाबीहरू समाधान गर्नुपर्छ।

छ जीवन बीमा कम्पनीको अनियमितता र भ्रष्टाचारका कारण दाबी भुक्तानी दर १० प्रतिशतभन्दा कम छ। यसले जीवन बीमा क्षेत्रमा गम्भीर नकारात्मक प्रभाव पारेको छ।

बीमा नियामकले यी छ वटा बीमक – बैरा लाइफ इन्स्योरेन्स, फरेस्ट इस्लामी लाइफ इन्स्योरेन्स, सनलाइफ इन्स्योरेन्स, सन लाइफ इन्स्योरेन्स, सनफ्लावर लाइफ इन्स्योरेन्स, पद्मा इस्लामी लाइफ इन्स्योरेन्स र गोल्डेन लाइफ इन्स्योरेन्सलाई उनीहरूको दाबी भुक्तानी दरहरू कसरी सुधार गर्ने भन्ने बारे विस्तृत कार्य योजनाहरू पेश गर्न भनेको छ।

धरैजसो बीमकले सरकारी स्वामित्वकोको पुनर्बीमक, साधारण बीमा निगमसँग आफ्ना बीमालेखको पुनर्बीमा गरेका छन्, तर धेरै दाबीहरू अनिश्चित छन् किनभने बीमकर्ताहरूले आवश्यक अनुसन्धान प्रतिवेदन पेश गर्न सकेका छैनन्। यसैबीच, गोल्डेन लाइफ इन्स्योरेन्स गम्भीर नगद संकट, भुक्तानी नगरिएको दाबी र सञ्चालन ब्रेकडाउनसँग संघर्ष गरिरहेको छ। लगभग १८ हजार बीमितहरू अझै पनि आफ्नो दाबी भुक्तानीका लागि पर्खिरहेका छन्। चार कम्पनीहरूले १० प्रतिशतको अंक नाघ्न असफल भए, जबकि ११ वटाले ३० प्रतिशत पार गरे, र नौ वटाले ५० प्रतिशत पार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS