IME Life New

सर्वोच्च अदालतद्वारा प्रभु बैंकका सीईओ अशोक शेरचनको पक्षमा अन्तरिम आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको पक्षमा बुधबार अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको पक्षमा आन्तरिम आदेश जारी गरेको हो। योसँगै इजलासले निवेदकको कानुन व्यवसायीसँग कारण देखाउ आदेश पनि जारी गरेको छ। सर्वोच्चको अन्तरिम आदेशसँगै अब सीईओ शेरचनलाई बैंकमा वैशाख ९ गतेपछि पनि काम गर्न बाटो खुलेको छ।

Esewa
Crest

यसअघि बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ अनुसार ऐन जारी भएपछि पहिलो कार्यकाल गणना गरिनुपर्ने भन्दै शेरचन पाटन उच्च अदालत गएका थिए। तर, उच्च अदालतले ऐन लागू भएको मितिलाई गणना गर्नुपर्ने भनेर फैसला गरेको थियो।

उच्च अदालतको फैसलाअनुसार शेरचनको कार्यकाल यही वैशाख ९ गते सकिँदै थियो। उच्च अदालतको फैसलापछि शेरचनले ऐन लागू भएपछि नियुक्ति भएको जुनसुकै मितिलाई पनि पहिलो कार्यकाल गणना गर्नुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

अब सर्वोच्च अदालतको आजको अन्तरिम आदेशपछि शेरचनलाई २०८३ माघ ११ गतेसम्म बैंकको सीईओका रुपमा काम गर्न पाउने बाटो खुलेको छ। शेरचन पहिलोपटक २०७१ माघ १८ गते प्रभु बैंकको सीईओ नियुक्त भएका थिए। त्यसपछि २०७५ माघमा १० गते उनी दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

50%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS