IME Life New

एआईको प्रयोग सकारात्मक कार्यमा गर्न साइबर ब्युरोको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले एआईको प्रयोग सकारात्मक कार्यका लागिमात्रै गर्न आग्रह गरेको छ।

साइबर ब्युरोले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। हाल सामाजिक सञ्जाल र एआईको अत्याधि प्रयोगसँगै दुरुपोग गरीको चरित्र हत्या गर्ने, अश्लील तथा आपत्तिजनक सामग्री सिर्जना गरी सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने तथा गलत शब्द चयन गरी संगीतको सिर्जना गरी मानमर्दन गर्ने कार्यहरु बढ्दो क्रममा रहेकोले ध्यानाकर्षण भएको साइबर ब्युरोले जनाएको छ।

Esewa
Crest

त्यस्ता प्रकारका गतिविधिले व्यक्ति विशेषको सामाजिक प्रतिष्ठामा गम्भीर असर गर्ने मात्र नभई विद्यमान साइबर कानुनअनुसार अपराधसमेत हुने साइबर ब्युरोले स्पष्ट पारेको छ। ‘त्यसैले कानुनी झमेलामा नपर्न त्यस्ता प्रविधिको प्रयोग सोचविचार गरी अरुको सम्मानमा आँच नपुर्याउने गरी सकारात्मक प्रयोग गर्न सबैलाई आग्रह छ’, विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS