IME Life New

अमेरिकालाई पहिले नै थियो डर, चीनले चाल्यो त्यो ठूलो चाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र चीनबीच जारी व्यापार युद्धले विश्वभरको व्यापारलाई असर गर्न सक्छ। तर, त्योभन्दा पहिले पनि चीनले यस्तो कदम चालेको छ, जसको प्रभाव विश्वभर देख्न सकिन्छ।

चीनले अप्रिल १४ मा रेयर अर्थ एलिमेन्ट (आरईई) र म्याग्नेटको निर्यातमा प्रतिबन्ध लगाएको छ। अमेरिकाले लगाएको १४५% करको जबाफमा चीनले यो कदम चालेको हो।

Esewa
Crest

चीनले यो रेयर एलिमेन्टमा प्रतिबन्ध लगाएका कारण विश्वभर यसको आपूर्ति घट्न सक्ने विश्वास गरिएको छ। द न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टअनुसार चीनले अहिलेसम्म अन्य देशका लागि लाइसेन्स प्रणाली बनाएको छैन। यसले गर्दा बन्दरगाहहरुमा ढुवानी रोकिएको छ। अमेरिकालाई निशाना बनाउन चीनले यो कदम चालेको हो। तर, यसले अन्य देशलाई पनि असर गर्न सक्छ।

कहाँ हुन्छ यसको प्रयोग ?

चीनले यट्रियम र डिस्प्रोसियमसहित आधा दर्जन आरईईको निर्यातमा प्रतिबन्ध लगाएको छ। यी जेट इन्जिन, डिफेन्स उपकरण र आधुनिक इलेक्ट्रोनिक्स बनाउन प्रयोग गरिन्छ। चीन यी धातुको सबैभन्दा ठूलो उत्पादक र निर्यातकर्ता हो। त्यसकारण बन्दरगाहहरुमा ढुवानी रोक्दा विश्वभर आपूर्ति अभाव हुन सक्छ। अमेरिका, जापान, भियतनाम र जर्मनीजस्ता देश यसका ठूला उपभोक्ता हुन्।

जापानमा पनि लगाइएको थियो प्रतिबन्ध

केही जापानी कम्पनीले १ वर्षभन्दा बढी समयदेखि स्टक राखेका छन्। त्यसैले यसको प्रतिबन्धका कारण उनीहरुले धेरै समस्या भोग्नुपर्ने छैन। चीनले प्रतिबन्ध लगाएको यो पहिलोपटक होइन। सन् २०१० मा दक्षिण चीन सागरमा क्षेत्रीय विवादका कारण चीनले ७ हप्ताको लागि जापानलाई आरईई आपूर्ति गर्न बन्द गरेको थियो।

पहिलादेखि नै थियो डर

वासिङ्टनस्थित सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) का विज्ञहरुका अनुसार चीनले यसको निर्यातमा प्रतिबन्ध लगाउने डर पहिले नै थियो। सन् २०२३ र २०२५ को बीचमा चीनले अमेरिकामा ग्यालियम, जर्मेनियम, एन्टिमोनी, ग्रेफाइट र टंगस्टनलगायत रणनीतिक सामग्रीको निर्यातमा प्रतिबन्ध लगाउन सुरु गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS