IME Life New

बीमा क्षेत्रकै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’को इकाई आजदेखि बिक्री खुला

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवर्द्धनमा नेपालको बीमा क्षेत्रमै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ नामक म्युचुअल फन्ड आजबाट निष्काशन हुँदैछ । यो म्युचुअल फन्डको योजना व्यवस्थापकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल रहेको छ।

जसअनुसार १ अर्ब रुपैयाँको बिजपुँजीबराबरको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ। कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइमध्ये कोष प्रवर्द्धक रिलायबल नेपाल लाइफलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ र १ प्रतिशतले हुन आउने १० लाख इकाइ योजना व्यवस्थापक रिलायबल क्यापिटललाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

Crest
लगानीकर्ताले यस योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन्। यो योजनाको निष्कासन बन्द छिटोमा वैशाख ७ गते बैंकिङ समयपछि हुनेछ। सो अवधिसम्म सम्पूर्ण इकाइ बिक्री नभएको खण्डमा वैशाख १७ गते बैंकिङ समयसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो शेयर सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट इकाइ खरिदका लागि आवेदन दिन सक्नेछन्।

रिलायबल समृद्धि योजना बन्दमुखी प्रकारको हो। यो १० वर्षे अवधिको योजना हो। यस योजनाका इकाइ बाँडफाँटपछि नेपाल स्टक एक्सचेन्जमा सूचीकरण भएपछि कारोबार गर्न मिल्छ।

यस योजनाले कमाएको खुद मुनाफाको अनुपातमा इकाइको अंकित मूल्यका आधारमा मुनाफा वितरण गरिनेछ। खुद मुनाफाबाट लाभांश कट्टा गरी बाँकी रहेको रकम सञ्चित मुनाफा पुनः लगानीका लागि उपयोग गर्न सकिने सुविधा यस योजनामा दिइएको छ।

१० वर्षको वार्षिक प्रतिफल
रिलायबल समृद्धि योजनाका लगानीकर्ताले पहिलो वर्ष नै ८.३२ प्रतिशत प्रतिफल पाउने प्रक्षेपण गरिएको छ। दोस्रो वर्ष १३.४५ प्रतिशत प्रतिफल वितरणको अनुमान गरिएको यस योजनामा त्यसपछिका वर्षहरुमा क्रमशः १२.१५ प्रतिशत, १०.८६ प्रतिशत, १०.५३ प्रतिशत, १०।४३ प्रतिशत, १०.३२ प्रतिशत, १०.२४ प्रतिशत, १०.१८ प्रतिशत र अन्तिम वर्ष १९.२८ प्रतिफल वितरण गरिने योजना व्यवस्थापकको प्रक्षेपण रहेको छ। यस योजनाअन्तर्गत लगानीकर्ताले १० वर्षमा वार्षिक औसत साढे १७ प्रतिशत प्रतिफल पाउने प्रक्षेपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS