IME Life New

तनावमा मार्क जुकरबर्ग, यसकारण बेच्नुपर्ने अवस्था आउन सक्छ ह्वाट्सएप र इन्स्टाग्राम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको माउ कम्पनी मेटाविरुद्ध चलिरहेको मुद्दामा सुनुवाइ भइरहेको छ। यो मेटाका लागि एक एन्टिट्रस्ट ट्रायल हो। जुन सोमबारबाट सुरु भएको थियो।

यो ट्रायल वासिंगटनमा अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)सँग भएको हो। जसले मेटालाई आफ्नो शक्तिको दुरुपयोग गरेको आरोप लगाएको छ।

Esewa
Crest

एफटीसीले मेटाले वर्षौंअघि इन्स्टाग्राम र ह्वाट्सएप खरिद गरेर आफ्ना प्रतिद्वन्द्वीलाई खतम गरेको आरोप लगाएको छ। एफटीसीका वकिलहरुका अनुसार मेटाले आफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्नुको सट्टा उनीहरुलाई किनेको छ। फेसबुकको प्रभुत्व कायम राख्न उसले यो कदम चालेको दाबी गरिएको छ।

एफटीसीतर्फबाट डेनियल म्याथेसनले मेटाका सीईओ मार्क जुकरबर्गको सन् २०१२ को एउटा आन्तरिक विज्ञप्तिलाई उद्धृत गरेका छन्। जसमा इन्स्टाग्रामलाई ‘निष्क्रिय’ गर्ने कुरा गरिएको थियो। यसको जबाफमा मेटाले यो मुद्दा भ्रामक भएको दाबी गरेको थियो।

मेटाका अनुसार दुवै अधिग्रहणको समयमा एफटीसी आफैँले तिनीहरुको समीक्षा गरेको थियो र अधिग्रहणलाई अनुमोदन गरेको थियो। कम्पनीका वकिलले यी सम्झौता प्लेटफर्मलाई बलियो बनाउन र उपभोक्ता अनुभव सुधार गर्न गरिएको दाबी गरेका छन्।

यदि यो मुद्दाको निर्णय एफटीसीको पक्षमा गयो भने मेटाले ह्वाट्सएप र इन्स्टाग्राम बेच्नुपर्नेछ। एफटीसीले यी प्लेटफर्म किन्न मेटाले धेरै पैसा तिरेको उल्लेख गरेको छ।

मेटाले सन् २०१२ मा इन्स्टाग्राम १ अर्ब डलरमा किनेको थियो भने कम्पनीले सन् २०१४ मा १९ अर्ब डलरमा ह्वाट्सएप किनेको थियो। यद्यपि मेटाले अझै पनि टिकटक, एक्स (पहिले ट्विटर), युट्युब र एप्पल आईमेसेजबाट चुनौतीरूको सामना गरिरहेको छ।

यस सुनुवाइमा मार्क जुकरबर्ग र पूर्वप्रमुख अपरेटिङ अफिसर शेरिल स्यान्डबर्गलाई पनि बोलाउन सकिन्छ। यस मुद्दाको सुनुवाइ केही हप्तासम्म चल्नेछ। यो मामिला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा सुरु भएको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS