IME Life New

बीमा धोकाधडीका घटना रोक्न चीनले सञ्चालनमा ल्यायो ‘गोप्य सूचना’ सेवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चीन सरकारले बीमा धोकाधडीका घटना रोक्न ‘गोप्य सूचना’ सेवा सञ्चालनमा ल्याएको छ।

चीनको नेसनल हेल्थकेयर सेक्युरिटी एड्मिनिस्ट्रेसनले ‘गोप्य सूचना’ सेवा सञ्चालनमा ल्याएको हो। विच्याटमार्फत सञ्चालनमा ल्याइएको यो सेवामार्फत सर्वसाधारण र सामाजिक संस्थाले शंकास्पद मेडिकल इन्स्योरेन्ससम्बन्धी धोकाधडीका घटनाबारे गोप्य रुपमा सूचना दिन सक्नेछन्।

Esewa
Crest

त्यस्ता सूचनाको प्रभाव र मूल्यांकनका आधारमा सूचनाकर्तालाई सरकारले पुरस्कारस्वरुप एकपटकका लागि करिब २८ अमेरिकी डलरदेखि साढे २७ हजार डलरसम्म प्रदान गरिने व्यवस्था गरिएको छ। तर, यो पुरस्कार त्यस्ता घटना वास्तविक भएको पुष्टि भएपछि मात्रै उपलब्ध गराइनेछ।

एड्मिनिस्ट्रेसनले चीनमा बढ्दो मेडिकल इन्स्योरेन्सको दुरुपयोग र धोकाधडी रोक्न यो कदम चालेको हो। सन् २०२४ मा चीनमा ३ अर्ब ८० करोड डलरबराबरको मेडिकल इन्स्योरेन्सम्बन्धी धोकाधडीका घटना भएका थिए। त्यस्ता धोकाधडीका घटनामा संलग्न १० हजार ७४१ जनालाई चिनियाँ प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो।

चीन सरकारले सार्वजनिक स्वास्थ्य क्षेत्रमा बीमा कोषको प्रयोग प्रभावकारी ढंगले अगाडि बढाउन बेला–बेलामा विभिन्न नीतिगत व्यवस्था गर्दै आएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS