IME Life New

इसेवा र नेपाल एसबिआई बैंकबीच विद्युतीय कारोबारका लागि साझेदारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको पहिलो तथा अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैंकबीच विद्युतीय कारोबार सम्बन्धी सेवा दिनका लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा नेपाल एसबिआइ बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् ।

दुवै संस्थाका ग्राहकलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यका साथ एक औपचारिक कार्यक्रमकाबीच दुवै कम्पनीका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन् ।

Esewa
Crest

यस साझेदारी पश्चात अब नेपाल एसबिआइ बैंकको ग्राहकले आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताले आफ्नो इसेवा वालेटमा भएको रकम नेपाल एसबिआई बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।

यसै साथ अब इसेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाको संख्या ५१ पुगेको छ । नेपाल एसबिआइ बैंक पनि इसेवामा आवद्ध भए पश्चात नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र नेपाल एसबिआई बैंक बीच भएको यस सम्झौताप्रति खुशी व्यक्त गर्दै, यस सहकार्यले दुवै संस्था बिच हुने रकम ट्रान्सफरको अनुभवलाई सहजता र सरलता प्रदान गर्ने विषयमा जोड दिएका छन् ।

साथै यस सम्झौताले ग्राहकको अमूल्य समय बचाउने र डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरा समेत उनले उल्लेख गरेका छन् । खड्काले आउने दिनहरुमा ग्राहकको हित तथा सहजताका लागि आवश्यकता अनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS