IME Life New

राष्ट्र बैंकले आजबाट ल्यायो रु. ५ दरको नयाँ नोट प्रचलनमा, यस्ता छन् विशेषता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख २ गतेदेखि रु. ५ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। साविककै आकार तथा रङमा नं. ४५०००००१ देखि १८९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा राष्ट्र बैंकबाट रुपैयाँ ५ तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

Esewa
Crest

यस्ता छन् विशेषता

नोटको अग्र भागमा

  • नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको।
  • नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको।
  • नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको।
  • नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा ‘वि.सं. २०८१’ लेखिएको।

नोटको पृष्ठ भागमा

  • नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘नेपाल राष्ट्र बैंक’ लेखिएको।
  • नोटको मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको जिमी क्षेत्रको हिमालको चित्र रहेको।
  • नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा ‘रुपिज फाइभ’ लेखिएको।
  • नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर अंग्रेजीमा ‘२०२४ ए.डी.’ लेखिएको।

यसअघि मिति २०७७ साल मंसिर १० गतेदेखि रु. ५ दर (सिरिज २०२०) को बैंकनोट संकेत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नं. ५०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले प्रस्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS