IME Life New

‘विश्व शेयर बजार क्रर्यास भइसक्यो, सुन-चाँदी किन्नुहोस्’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व शेयर बजार क्रर्यास भइसकेको उल्लेख गर्दै ‘रिच ड्याड–पुअर ड्याड’ पुस्तकका लेखक रोबर्ट कियोसाकीले सुन र चाँदी किन्न लगानीकर्तालाई सल्लाह दिएका छन्।

पछिल्लो समय विश्व शेयर बजारमा ठूलो गिरावट आएपछि एकपटकक फेरि कियोसाकीले सुन, चाँदी र बिटक्वाइन खरिद गर्न जोड दिएका हुन्। सामाजिक सञ्जालमा चेतावनी दिँदै उनले लेखेका छन्, ‘शेयर बजार क्रर्यास भइसकेको छ। जुन मैले पहिलेदेखि नै भन्दै आएको थिएँ। म अपिल गर्छु सुन, चाँदी र बिटक्वाइनमा ध्यान दिनुहोस्।’

Esewa
Crest

पोस्टमा कियोसाकीले वित्तीय प्रणाली ठूलो उथलपुथलबाट गुज्रिरहेको चेतावनी दिए र संकटको सामना गर्न बहुमूल्य धातु र क्रिप्टोकरेन्सीले महत्त्वपूर्ण भूमिका खेल्न सक्नेमा जोड दिए। उनले भने, ‘कृपया सुन, चाँदी र बिटक्वाइन किन्नुहोस्।’

सुन अहिलेसम्मकै उच्चतम स्तरमा छ। चाँदीको माग पनि बढिरहेको छ। बिटक्वाइनको भाउ पनि उकालो लागिरहेको छ।

कियोसाकीले आफ्ना पुस्तकहरुरिच ड्याड्स प्रोफेसी, हु स्टोल माई पेन्सन र फेकमा शेयर र बन्ड बजारमा आउन लागेको पतनका बारेमा धेरै पहिले नै चेतावनी दिएका थिए। कियोसाकीका अनुसार त्यो विशाल क्रर्यास पहिले नै भइसकेको छ। उनले ‘भ्रष्ट र कुटिल अमेरिकी डलर’का बारेमा चिन्ता व्यक्त गर्दै स्टक, बन्ड, ईटीएफ र म्युचुअल फन्डका लगानीकर्ताले आफ्नो सम्पत्ति गुमाउँदै गएको दाबी गरे।

कियोसाकीले हालको वित्तीय अस्थिरताको भयावह अवस्थाका लागि विश्वव्यापी बैंकिङ कार्टेललाई दोष दिए। फेडरल रिजर्भ, युरोपेली केन्द्रीय बैंक, बैंक अफ जापान, बैंक अफ इंग्ल्यान्ड र बैंक फर इन्टरनेसनल सेटलमेन्टलगायतका केन्द्रीय बैंकको नाम पनि उनले लिएका छन्।

कियोसाकीले आफ्ना फलोअर्सलाई हालको वित्तीय संरचनामाथि प्रश्न उठाउन आग्रह गरेका छन्। मानिसलाई समय हुँदाहुँदै काम गर्न सल्लाह दिँदै उनले भनेका छन्, ‘वास्तविक सुन, चाँदी र बिटक्वाइन’ प्राप्त गर्नेहरु ‘विपत्ति’पछि ‘नयाँ धनी र विश्वका नयाँ लिडर’का रुपमा देखा पर्न सक्छन्।’

यसअघि मार्च २०२३ मा कियोसाकीले ट्विट गरेका थिए कि सबै कुराको बुलबुला फुटिरहेको छ। ‘मलाई डर छ कि यो इतिहासकै सबैभन्दा ठूलो क्रर्यास हुन सक्छ। अहिलेसम्म जर्मनी, जापान र अमेरिका यसका इन्जिन रहेका छन्। दुर्भाग्यवश हाम्रा नेताहरुल हामीलाई जालमा पारे’, उनले भनेका थिए, ‘यो क्रर्यास सन् १९२९ को भन्दा ठूलो हुनेछ। यसले महामन्दी निम्त्याउँछ।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS