IME Life New

सन् २०२५ मै सुनको भाउ तोलाको साढे २ लाख रुपैयाँ पुग्ने प्रक्षेपण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र चीनबीच पछिल्लो समय ट्यारिफका कारण सुरु भएको व्यापार युद्धले सुनको भाउ अन्तर्राष्ट्रिय बजारमा लगातार बढिरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ सोमबार प्रतिऔँस ३ हजार २२६ अमेरिकी डलर (करिब ४ लाख ४४ हजार रुपैयाँ)भन्दा बढीमा कारोबार भइरहेको छ। अर्थात सुनको प्रतितोलाको १ हजार ३२७.५ डलर (१ लाख ८३ हजार रुपैयाँ)मा कारोबार भइरहेको छ।

Esewa
Crest

विदेशी इन्भेस्टमेन्ट बैंक गोल्डम्यान स्याक्सले अमेरिकी र चीनबीचको व्यापार युद्ध र बढ्दो मन्दीको आशंकाबीच सन् २०२५ सुनको भाउ प्रतिऔँस ४ हजार ५०० डलर (करिब ६ लाख १९ हजार रुपैयाँ) पुग्ने अनुमान गरेको छ। व्यापार युद्ध र मन्दीको जोखिम उच्च तहमा पुगेको अवस्थामा सुनको भाउ उक्त उचाइमा पुग्ने गोल्डम्यान स्याक्सको भनाइ छ।

यो अनुमान सही साबित भएमा यही वर्ष सुनको भाउ तोलाकै १ हजार ८५० डलर अर्थात करिब २ लाख ५५ हजार रुपैयाँ पुग्ने देखिन्छ। नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो।

यसअघि मार्चमा गोल्डम्यान स्याक्सले सन् २०२५ मा सुनको भाउ प्रतिऔँस ३ हजार ३०० डलरसम्म पुग्ने अनुमान गरेको थियो। तर, अमेरिका र चीनबीचको बढ्दो व्यापार युद्ध र मन्दीको जोखिम बढ्दै जाँदा गोल्डम्यान स्याक्सले आफ्नो अनुमान अझै बढाएर सुनको भाउ प्रतिऔँ ४ हजार ५०० डलरसम्म पुग्ने प्रक्षेपण गरेको हो।

बढ्दो व्यापार युद्धले अमेरिकी अर्थव्यवस्थामा मन्दीको चिन्ता बढिरहेको छ। मन्दीको अवस्थामा सुरक्षित लगानीका रुपमा सुनको खरिद बढी हुन्छ। सुनको माग बढ्दा भाउ पनि उकालो लाग्ने गर्छ।

हाल विश्व बजारमा सुनको माग बढिरहेको छ। किनकि सुनमा गरिएको लगानी सुरक्षित मानिन्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS