IME Life New

वार्षिकोत्सवको अवसरमा सिटिजन बैंकको आकर्षक छुट र क्यासब्याक योजना सार्वजनिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा विभिन्न आकर्षक छुट र क्यासब्याक योजना सार्वजनिक गरेको छ। वैशाख ७ गते वार्षिकोत्सवको सन्दर्भमा बैंकले आज वैशाख १ देखि ३१ गतेसम्म लागू हुने गरी डिजिटल कारोबारमा विशेष छुट योजना ल्याएको हो।

यस योजनाअन्तर्गत डेबिट कार्ड प्रयोगकर्ताहरूले पहिलोपटक पोस मेसिन वा अनलाइनमार्फत १ हजार रुपैयाँ वा बढीको कारोबार गर्दा १८ प्रतिशत वा अधिकतम १८० रुपैयाँसम्म क्यासब्याक पाउने छन्। त्यस्तै, मोबाइल बैंकिङमार्फत क्युआर स्क्यान गरी ५०० रुपैयाँ वा बढीको भुक्तानी गरेमा पनि १८ प्रतिशत वा अधिकतम १८० रुपैयाँ क्यासब्याक दिइनेछ।

Esewa
Crest

त्यसैगरी, फोनपे प्रयोगकर्ताले आफ्नो व्यवसायिक कारोबार रकम क्युआर मार्फत प्राप्त गर्दा प्रत्येक दिन एक जना व्यापारीलाई १ हजार ८०० रुपैयाँसम्म क्यासब्याक दिइने व्यवस्था गरिएको छ। योजना अवधिभर ई–कम कार्ड लिई पहिलोपटक प्रयोग गर्दा शुल्क नलाग्ने र डिम्याट खाता निःशुल्क खोलिदिने व्यवस्था गरिएको छ। स्मार्ट बचत खाता खोली पहिलोपटक मोबाइलबाट मोबाइल रिचार्ज गर्दा १५ प्रतिशत वा अधिकतम ५० रुपैयाँ क्यासब्याक प्रदान गरिनेछ।

साथै, एक जना मोबाइल बैंकिङ ग्राहकले माउन्टेन फ्लाइटको निःशुल्क टिकट जित्ने अवसर पनि पाउनेछन्। भर्चुअल क्रेडिट कार्ड जारी गर्दा पहिलो वर्षको शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

विश्वकै प्रतिष्ठित “बैंक अफ द इयर २०२४”को उपाधि जितेको सिटिजन्स बैंकले हालसालै फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको थियो। बैंकले मोबाइल एपमार्फत शेयर आवेदन तथा नागरिकता नम्बर सेवासमेत सुरु गरिसकेको छ।

देशभर ६१ जिल्लामा २०० शाखा, १६८ एटीएम, ७४ शाखारहित बैंकिङ इकाईसहित १८ लाख ५० हजार ग्राहकलाई सेवा दिइरहेको बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन दिने लक्ष्यसहित छुट योजना ल्याएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS