IME Life New

‘वर्ष २०३२ सम्म भारत विश्वकै छैटौँ ठूलो बीमा बजार’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतकी वित्तमन्त्री निर्मला सीतारमणले सन् २०२३ सम्म भारत विश्वकै छैटौँ ठूलो बजार हुने बताएकी छन्।

वित्तमन्त्री सीतारमणले भारत छिट्टै तेस्रो ठूलो अर्थतन्त्र बन्नेतर्फ अग्रसर रहेको बताए। ‘यो हिसाबले भारत सन् २०३२ सम्म विश्वकै छैटौँ ठूलो बजार हुनेछ’, उनले भनिन्।

Esewa
Crest

लन्डनमा इन्भेस्टमेन्ट राउन्डटेबललाई सम्बोधन गर्दै सीताररमणले पछिल्लो १० वर्षमा भारत सरकारले गरेका सुधारका कार्यसँगै गैरअपराधीकरण तथा व्यवसायी र व्यक्तिका लागि अनुपालन बोझमा कमी गरेको विषयमा प्रकाश पारेकी थिइन्।

यसैगरी सामाजिक सञ्जाल एक्समा एउटा पोस्ट गर्दै सीतारमणले भारत वैश्विक फिनेटक क्रान्तिमा अग्रणी (तेस्रो सबैभन्दा ठूलो) रहेको दाबी गरेकी छन्। ‘यो विश्वकै करिब आधा रियल टाइम ट्रान्ज्याक्सन हुन गइरहेको छ’, पोस्टमा लेखिकी छन्, ‘यसका साथै वैश्विक रुपमा यो फिनटेकको सर्वाधिक ८७ प्रतिशत स्वीकार्यता दर हो।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS