IME Life New

दबाबमा डोनाल्ड ट्रम्प ! स्मार्टफोन, कम्प्युटर र मेमोरी चिपलाई राखे ट्याक्सबाट बाहिर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका एउटा अर्को निर्णय गरेका छन्। उनले केही वस्तुमा लाग्ने ट्याक्स माफ गरिदिएका हुन्। यसले ग्राहकलाई महँगीबाट राहात मिल्ने विश्वास गरिएको छ।

राष्ट्रपति ट्रम्पको यो निर्णयले एप्पल र सामसङजस्ता ठूला कम्पनीलाई पनि फाइदा पुग्नेछ। ट्रम्प प्रशासनले पहिले चीनमाथि सबैभन्दा धेरै ट्यारिफ लगाएका थिए। अब यो निर्णयले उनको रेसिप्रोकल ट्यारिफको रणनीतिमा थोरै लचकता आउनेछ।

Esewa
Crest

अमेरिका अहिले आर्थिक दबाब र महँगीबीच सन्तुलन कायम गर्ने कोसिसमा रहेको छ। स्मार्टफोन, कम्प्युटर, चिप र अन्य इलेक्ट्रोनिक सामानलाई प्रस्तावित ट्यारिफबाट बाहिर निकाल्नुको मुख्य उद्देश्यले ग्राहकलाई महँगीबाट राहात दिनु र व्यापारीलाई सामान आपूर्ति सहज भन्ने रहेको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्। यसले चीनसँग बढ्दो व्यापार तनावलाई कम पर्ने पनि विश्वास गरिएको छ।

ट्रम्प प्रशासनले चीनमाथि लगाएको १२५ प्रतिशत ट्यारिफ र अन्य देशमा लगाइएको १० प्रतिशत ट्यारिफबाट ती सामानलाई बाहिर निकालिएको छ। ट्याक्सबाट बाहिर निकालिएका अधिकांश सामान अमेरिकामा उत्पादन हुँदैनन्। ती सामान बनाउन अमेरिकालाई थुप्रै वर्ष लाग्न सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS