IME Life New

अधिकांश बैंकको वैशाखका लागि ब्याजदर स्थिर, तीनवटाले घटाउँदा एउटाले बढायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अधिकांश बैंकहरुले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुले भोलि २०८२ वैशाख महिनाका लागि लागू हुने बैंक ब्याजदर सार्वजनिक गरेका छन्। हालसम्म प्राप्त १६ वटा वाणिज्य बैंकमध्ये १२ वटाले चैतकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ वटा घटाएका छन् भने एउटाले बढाएको छ।

Esewa
Crest

चैत महिनाकै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर वैशाखमा निरन्तरता दिनेमा ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेका छन्। चैत महिनाकै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबल आइएमई बैंकले ६ प्रतिशत, कृषि विकास बैंकले ५.५१ प्रतिशत, हिमालयन बैंकले ५.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६.६० प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, प्रभु बैंकले ६.१० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५ प्रतिशत, सिद्धार्थ बैंकले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत दिएका थिए। अब वैशाखमा यही ब्याजदरले निरन्तरता पाउनेछ।

त्यसैगरी चैतको तुलनामा वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा एभरेष्ट बैंक रहेको छ भने घटाउनेमा कुमारी बैंक, नेपाल बैंक र सानिमा बैंक रहेका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभेष्ट बैंकले ६.६१ प्रतिशत, कुमारी बैंकले ५.९२ प्रतिशत, सानिमा बैंकले ५.९५ प्रतिशत र नेपाल बैंकले ५.१५ प्रतिशत निर्धारण गरेका छन्। चैतमा एभरेष्ट बैंकले ६ प्रतिशत, कुमारी बैंकले ६.०१ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत र नेपाल बैंकले ५.५ प्रतिशत ब्याजदर दिएका थिए।

नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा प्रतिशतसम्म घटाएर संस्थागत मुद्दति निक्षेपको ब्याजदर र १ प्रतिशतसम्म बढाएर रेमिट्यान्स निक्षेपको ब्याजदर निर्धारण गर्न पाउँछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS