IME Life New

प्राधिकरण आफ्नो क्षमतालाई बढाएर अपेक्षित रूपमा स्तरीय सेवा दिन तयारः अध्यक्ष ओझा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमा क्षेत्रको विकास र आकार वृद्धिका लागि बीमा कम्पनीहरू आगामी दिनमा इमान्दारिका साथ अझ बढी जिम्मेवारीपूर्वक अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् । नेपाल बीमा प्राधिकरणद्वारा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा आज आयोजित नववर्ष २०८२ सालको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले प्राधिकरण आफ्नो क्षमतालाई बढाएर अपेक्षित रूपमा स्तरीय सेवा दिन तयार रहेको बताए ।

बीमा कम्पनीहरूलाई बोनसबाट बाहिर निस्केर टर्म इन्स्योरतर्फ ध्यान केन्द्रित गर्न सुझाव दिँदै अध्यक्ष ओझाले भने, “जोखिमाङ्कनमा समस्या छन्, त्यसलाई सुधार्नुपर्छ, कर्मचारीलाई लक्ष्य दिँदा बीमालेख जारी सहित नवीकरणको पनि लक्ष्य दिनुपर्छ, बीमा गराउँदा शुरूमैं बीमालेखका शर्त लगायतका सबै विषयमा जानकारी गराउनुपर्छ, कर्मचारीहरूका लागि तालिम बढाउनुपर्छ र आफूले गरेका कामको प्रचार पनि गर्नुपर्छ ।”

Crest

उनले बीमा कम्पनीहरूलाई सजिलो क्षेत्रबाट बाहिर निस्केर घर लगायतका नयाँ नयाँ क्षेत्रमा जान, उपभोक्ता समूहहरू समेतलाई बीमामा जोड्ने र लगानी समेत सुरक्षित हुने गरी टर्म इन्स्योरेन्सको बजार बढाउन र बीमा बजारका समस्या पहिचान गरी समाधानका साथ अगाडि बढ्न निर्देशन दिए ।

नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको विकास एवम् विस्तारका लागि सकारात्मक रूपमा आ–आफ्नो स्थानबाट योगदान पु¥याउन सबैसँग आग्रह गरे ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले स्वागत मन्तव्य व्यक्त गरेका थिए । ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशकहरूका साथै नेपाल बीमक संघ, नेपाल निर्जीवन बीमक संघ र लघुबीमक संघका अध्यक्षहरू, निर्जीवन बीमा कम्पनी, जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS