IME Life New

सामाजिक सुरक्षा भत्ता आगामी ५ वर्षसम्म नबढाउन सुझाव, ज्येष्ठ नागरिक भत्ता ७० वर्षबाट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सामाजिक सुरक्षा भत्ता आगामी ५ वर्षसम्म नबढाउन सुझाव दिएको छ।

आयोगले शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई बुझाएको आफ्नो अन्तिम प्रतिवेदनमा यस्तो सुझाव दिएको हो। आगामी ५ वर्ष सामाजिक सुरक्षा भत्ता वृद्धि नगर्ने र त्यसपछि मूल्यवृद्धिका आधारमा हरेक २ वर्षमा मात्रै भत्ता वृद्धि गर्नुपर्ने सुझाव आयोगले दिएको छ।

Esewa
Crest

यसैगरी ज्येष्ठ नागरिक भत्ता ७० वर्ष पुगेपछि मात्रै वितरण गर्न आयोगले सुझाएको छ। हाल ६८ वर्ष पुगेपछि ज्येष्ठ नागरिक भत्ता दिइन्छ। सामाजिक सुरक्षा ऐन, २०७५ लाई संशोधन गर्दै ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्न आयोगले सुझाव दिएको छ।

त्यस्तै सबै तलब तथा ज्याला भुक्तानीमा १.५ प्रतिशत सामाजिक सुरक्षा कर लगाएर सामाजिक सुरक्षा कोषमा जम्मा गर्ने र अनौपचारिक क्षेत्रका कामदारहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्न सरकारलाई आयोगले सुझाव दिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS