IME Life New

इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालको सीईओमा ५ जनाको उम्मेदवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन)को रिक्त सीईओ पदमा ५ जनाको उम्मेदवारी परेको थियो।

आईआईएनको उम्मेदवार सिफारिस समितिले बिहीबार सूचना जारी गर्दै सीईओ पदमा दरखास्त दिएका सबै ५ जना उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। सीईओमा उम्मेदवारी दिनेमा काठमाडौं सिनामंगलबार सुभाष कोइराला, ललितपुर हरिसिद्धिका सुजन सुवेदी, काठमाडौं पक्नाजोलका बुद्धकाजी श्रेष्ठ, धुम्बाराहीका नारायणकुमार भट्टराई र लमजुङ दुराडाँडाका डा लक्ष्मीकान्त पौडेल छन्।

Esewa
Crest

सिफारिस समितिले सीईओ नियुक्तिका लागि गत चैत १५ गते दरखास्त खुलाएको थियो।

अब समितिले ती उम्मेदवारको नाम आईआईएनको सञ्चालक समितिमा सिफारिस गर्नेछ। तिनैमध्येबाट एकजनालाई सञ्चालक समितिले आईआईएनको सीईओमा नियुक्त गर्नेछ।

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा बढुवा भएको केही समयपछि सुशीलदेव सुवेदी आईआईएनको सीईओबाट बाहिरिदिएका थिए। कार्यकारी निर्देशकमा बढुवा हुनुअघि सुवेदी २०८० साउन १ गतेदेखि आईआईएनको सीईओको जिम्मेवारीमा थिए।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक आईआईएनको सञ्चालक समितिको पदेन अध्यक्षका रुपमा रहने व्यवस्था छ। सोही कारण सुवेदी व्यवस्थापनबाट बाहिरिएपछि आईआईएनको सीईओ पद रिक्त रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS