IME Life New

बैंकहरुको मुद्दति निक्षेपमा बीमकहरुको करिब साढे ६ खर्ब लगानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा करिब साढे ६ खर्ब रुपैयाँ बढी लगानी गरेका छन्।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका बीमा कम्पनी (जीवन, निर्जीवन, पुनर्बीमा, लघु जीवन र लघु निर्जीवन)हरुले बैंकहरुको मुद्दति निक्षेपमा ६ खर्ब ४४ अर्ब ४१ करोड ४१ लाख रुपैयाँ लगानी गरेका हुन्। गत असारसम्म बीमा कम्पनीहरुको लगानी ६ खर्ब १ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ थियो। असारको तुलनामा फागुन मसान्तसम्म ७.२ प्रतिशतले बढेको छ।

Esewa
Crest

यसैगरी समीक्षा अवधिसम्म बैंकहरुको मुद्दति निक्षेपमा कर्मचारी सञ्चय कोषको लगानी ५.५ प्रतिशतले घटेर १ खर्ब ७७ अर्ब ३ करोड ६० लाख रुपैयाँमा झरेको छ। गत असार मसान्तसम्म बैंकहरुमा कर्मचारी सञ्चय कोषको कुल लगानी १ खर्ब ८७ अर्ब ४१ करोड १४ लाख रुपैयाँ रहेको थियो।

२०८१ फागुनसम्म नागरिक लगानी कोषको बैंकहरुमा लगानी १२.५ प्रतिशतले बढेर १ खर्ब ४० अर्ब ७३ लाख रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म बैंकहरुमा नागरिक लगानी कोषको १ खर्ब २४ अर्ब ४० करोड २६ लाख रुपैयाँ थियो।

२०८१ फागुन मसान्तसम्म व्यक्तिगत निक्षेपको आकार पनि ५.५ प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म व्यक्तिगत निक्षेपका रुपमा बैंकहरुमा ४० खर्ब ३९ अर्ब ८७ करोड ४९ लाख रुपैयाँ रहेकोमा समीक्षा अवधिसम्म बढेर ४२ खर्ब ६२ अर्ब १७ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS