IME Life New

बैंकहरुमा व्यक्तिगत प्रयोजनका लागि गाडी कर्जाको माग बढी, सवा १ खर्ब बढी लोन प्रवाह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुमा व्यक्तिगत प्रयोजनका लागि गाडी कर्जा लिनेको माग बढी रहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुनसम्मको तथ्यांकले यस्तो देखाएको हो। यो ८ महिनामा बैंकहरुले १ खर्ब २९ अर्ब ९५ करोड ६१ लाख रुपैयाँ गाडी कर्जा प्रवाह गरेका छन्। जुन गत असार मसान्तसम्मको तुलनामा ४.७ प्रतिशतले बढी हो। गत असार मसान्तसम्म बैंकहरुबाट १ खर्ब २४ अर्ब १० करोड २४ लाख रुपैयाँ गाडी कर्जा प्रवाह भएको थियो।

Esewa
Crest

फागुनसम्म कुल गाडी कर्जामा व्यक्तिगत प्रयोजनका लागि जाने कर्जा १४.८ प्रतिशतले बढ्दा व्यापारिक प्रयोजनका लागि जाने कर्जा ०.४ प्रतिशतले मात्रै बढेको छ। फागुनसम्म व्यक्तिगत प्रयोजनका लागि बैंकहरुबाट ४२ अर्ब ३० करोड ५७ लाख रुपैयाँ र व्यापारिक प्रयोजनका लागि ८७ अर्ब ६५ करोड ४ लाख रुपैयाँ कर्जा भएको देखिन्छ।

गत असार मसान्तसम्म व्यक्तिगत प्रयोजनका लागि बैंकहरुबाट ३६ अर्ब ८४ करोड १३ लाख रुपैयाँ र व्यापारिक प्रयोजनका लागि ८७ अर्ब २६ करोड ११ लाख रुपैयाँ कर्जा भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS