IME Life New

बंगलादेशको निर्जीवन बीमामा विकृती, बीमितलाई दिन बाँकी दाबी रू २६ अर्ब नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कमजोर नियमन र खराब संस्थागत सुशासनको कारण बंगलादेशको निर्जीवन बीमकमध्ये २४ बीमकले ५० प्रतिशत भन्दा बढी दाबी भुक्तानी दिन सकेका छैनन् । बीमा विकास तथा नियमन प्राधिकरणले मंगलबार प्रकाशन गरेको तथ्यांक अनुसार इजाजत प्राप्त ४६ निर्जीवन बीमकमध्ये २२ वटाको मात्र दाबी भुक्तानी अनुपात ५० प्रतिशतभन्दा माथि रहेको छ।

प्राधिकरणका अनुसार निर्जीवन बीमकले सन् २०२४ सम्म दर्ता हुन आएका दाबीमध्ये २६ अर्ब ३४ करोड टाका(रूपैयाँ) भुक्तानी दिन बाँकी छ। इजाजत प्राप्तमध्ये जम्मा चार निर्जीवन बीमकको दाबी भुक्तानी अनुपात ९० प्रतिशतभन्दा माथि छ। रूपाली इन्स्योरेन्स, जनता इन्स्योरेन्स, सोनार बांगला इन्स्योरेन्स र इष्टल्याण्ड इन्स्योरेन्स कम्पनीको दाबी भुक्तानी अनुपात ९० प्रतिशतभन्दा माथि छ।

Esewa
Crest

नियामकका अनुसार, सरकारी स्वामित्वको साधारण बीमा कर्पोरेशनले नै ८० प्रतिशत ग्राहकलाई दाबी भुक्तानी गर्न सकेको छैन। यसको भुक्तानी गर्न बाँकी दाबीवापतको रकम १४ अर्ब १७ करोड रूपैयाँ छ। यो रकम मात्रै निर्जीवन बीमकले भुक्तानी गर्न बाँकी दाबी रकमको ५४ प्रतिशत हो। बीमा क्षेत्रमाथिको कमजोर हुँदै गएको विश्वास बलियो बनाउन सरकारले नै पहिले सरकारी स्वामित्वको बीमकको दाबी भुक्तानीको अनुपात सुधार्नुपर्ने आवश्यकता देखिएको छ।

आठ वटा निर्जीवन बीमकको दाबी भुक्तानी अनुपात २० प्रतिशतभन्दा पनि तल रहेको छ। मेघना इन्स्योरेन्स, कण्टिनेण्टल इन्स्योरेन्स, साउथ एशिया इन्स्योरेन्स, बंगलादेश साधारण बीमा कर्पोरेशन, पिपल्स इन्स्योरेन्स, ढाका इन्स्योरेन्स, नोदर्थ इन्स्योरेन्स र सिकदर इन्स्योरेन्सको दाबी भुक्तानी अनुपात २० प्रतिशतभन्दा तल छ। अर्थात यी बीमा कम्पनीको बीमितमध्ये ८० प्रतिशतले दाबी भुक्तानी नै पाएका छैनन् ।

प्राधिकरणका अनुसार, प्रगती इन्स्योरेन्सको ८८.७७ करोड, रिलायन्स इन्स्योरेन्सको ९८ करोड, पूर्वी इन्स्योरेन्सको ८५ करोड, पायोनियर इन्स्योरेन्सको २७.८ मिलियन, उत्तरी इस्लामिक इन्स्योरेन्सको ६१.४६ करोड, पल्स इन्स्योरेन्सको ७४.१२ करोड र कन्टिनेन्ट इन्स्योरेन्सको ७१.८६ करोड टाका बराबरको दाबी भुक्तानी बाँकी छ।

यसको विपरित, २०२४ मा १०० करोड टाकाभन्दा बढीको दाबी भुक्तानी गरेका ४ कम्पनीहरूमध्ये रिलायन्स इन्स्योरेन्सले १५७.२ करोड टाका भुक्तानी गरेको छ। ग्रीन डेल्टा इन्स्योरेन्सले १३९.२७ करोड, पायोनियर इन्स्योरेन्सले १२२.४ करोड र जनरल कर्पोरेशनले १९५.१३ करोड दाबी भुक्तानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS