IME Life New

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा वैशाख ७ बाट आवेदन खुल्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले २०८२ वैशाख ७ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ।

बैंकले ‘आरबीबीएल डिबेन्चर–२०८८’ नाम ऋणपत्र बिक्री खुला गर्न लागेको हो। यो ७ वर्षे अवधिको ऋणपत्र हो। यसमा लगानीकर्ताले वार्षिक ७ प्रतिशत ब्याज पाउँछन्।

Esewa
Crest

बैंकले १०० रुपैयाँ अंकित दरका कुल २ अर्ब ५० करोड रुपैयाँबराबरको २५ लाख इकाइ ऋणपत्र जारी गर्नेछ। बैंकले कुल निष्कासनको १५ लाख इकाइ ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ। बाँकी १० लाख इकाइमा सर्वसाधारणका लागि छुट्याएको छ।

सर्वसाधारणका लागि छुट्याइएको कुल इकाइको ५ प्रतिशतले हुन आउने ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिनेछ। बाँकी रहेको ९ लाख ५० हजार इकाइमा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले योे ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रको निष्कासन बन्द छिटोमा वैशाख १० गते र ढिलोमा वैशाख २१ गते हुनेछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो शेयरबाट खरिद आवेदन दिन सक्नेछन्। यो ऋणपत्रको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS