IME Life New

पाँच वर्षमा साढे २३ लाख रुपैयाँले बढ्यो महाप्रसाद अधिकारीको सम्पत्ति, डलर खातामा कति छ पैसा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरबाट बिदा भएका महाप्रसाद अधिकारीको सम्पत्ति ५ वर्षको अवधिमा साढे २३ लाख रुपैयाँले बढेको छ।

अधिकारीको गभर्नरको कार्यकाल चैत २४ गतेबाट सकिएको छ। उनलाई गत शुक्रबार नै राष्ट्र बैंकमा एक कार्यक्रमको आयोजना गरी बिदाइ गरिएको छ।

Esewa
Crest

अधिकारी राष्ट्र बैंकबाट बिदा भएपछि सरकारले डेपुटी गभर्नर निलम ढुंगेल तिम्सिनालाई कामु गभर्नरको जिम्मेवारी दिएको छ। उता अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गठित सिफारिस समितिले नयाँ गभर्नर नियुक्तिका लागि आन्तरिक कामकारबाही अगाडि बढाइरहेको छ।

अधिकारी २०७६ चैत २४ गते राष्ट्र बैंकको गभर्नरमा नियुक्त भएका थिए। त्यसयता २०८१ चैत २४ गतेसम्मको कार्यकालमा अधिकारीको कुल सम्पत्ति २३ लाख ४४ हजार ४१० रुपैयाँले बढेको छ। २०७६ साल चैतमा उनको कुल सम्पत्ति ३ करोड ४५ लाख ९१ हजार ८५२ रुपैयाँ थियो। २०८१ साल चैतमा उनको कुल सम्पत्ति बढेर ३ करोड ६९ लाख ३६ हजार २६२ रुपैयाँ पुगेको छ। यो कुल सम्पत्ति डलर खातामा रहेको पैसाबाहेकको हो।

२०८१ साल चैतसम्म अधिकारीसँग ९ लाख ८८ हजार रुपैयाँबराबरको नगद, सुन र चाँदी रहेको छ। २०७७ साल चैतसम्म ५ लाख ३ हजार रुपैयाँबराबरको नगद, सुन र चाँदी रहेको थियो।

अधिकारीसँग ३२ लाख रुपैयाँ मूल्यांकनको घर र १ करोड ८ लाख ५१ हजार रुपैयाँ मूल्यांकनको १० कित्ता जग्गा रहेको छ।

२०८१ चैतसम्म वाणिज्य बैंकको अधिकारीको डलर खातामा २८ हजार ६०८ डलर (करिब ३२ लाख ३५ हजार रुपैयाँ) रहेको छ। २०६६ चैतसम्म अधिकारीको डलर खातामा २ हजार ३०२ डलर रहेको थियो। पाँच वर्षको अवधिमा डलर खातामा २६ हजार ३०६ डलर थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS