IME Life New

वर्ष २०८१ मा चार इन्स्योरेन्ससहित १० कम्पनीले पाए हकप्रद बिक्रीको अनुमति, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । वर्ष २०८१ मा नेपाल धितोपत्र बोर्डबाट १० कम्पनीले हकप्रद शेयर निष्काशनका लागि अनुमति पाएका छन् । एक वर्षको अवधि अर्थात २०८१ मा ३ वटा इन्स्योरेन्स कम्पनी सहित १० कम्पनीले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएका हन् । एक वर्षको अवधिमा हिमालय ऊर्जा विकास कम्पनी, आँखुखोला जलविद्युत कम्पनी, एलआइसी नेपाल, एनएलजी इन्स्योरेन्स कम्पनी, लिबर्टी इनर्जी, बलेफी हाइड्रो,ङादी ग्रुप पावर, नेको इन्स्योरेन्स, दोर्दी खोला जलविद्युत कम्पनी र सन नेपाल लाइफले हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएका हुन् ।

यी कम्पनीहरुले कुल १२ अर्ब ५५ करोड ६१ लाख ५३ हजार ७९९ रुपैयाँ बराबरको १२ करोड ५५ लाख ६१ हजार ५३८ कित्ता हकप्रद शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएका हुन् ।

Esewa
Crest

हिमालय ऊर्जा विकास कम्पनी
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा ९९ करोड रुपैयाँ बराबरको ९९ लाख कित्ता शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भे्ष्टमेन्ट बैंकिङ रहेको छ ।

आँखुखोला जलविद्युत कम्पनी
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१.५ को अनुपातमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भे्ष्टमेन्ट बैंकिङ रहेको छ ।

एलआइसी नेपाल
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः०.८८ को अनुपातमा २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

एनएलजी इन्स्योरेन्स
यस कम्पनीले हाल कायम चुक्ता पसँजीको १०ः६।२५६ को अनुपातमा ९६ करोड ३१ लाख २२ हजार रुपैयाँ बराबरको ९६ लाख ३१ हजार २२० कित्ताका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।

लिबर्टी इनर्जी
यस कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हाल कायम चुक्ता पुँजीको १ः०।५ को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्क्यापिटल रहेको छ ।

बलेफी हाइड्रोपावर
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल रहेको छ ।

ङादी ग्रुप पावर
यस कम्पनीले हाल कायम चुक्ता पुँजीको १ः१ को अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ बराबरको लागि १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनी
यस कम्पनीले १ः०.२५ रुपैयाँ अंकित दरका ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१ कित्ता हकप्रद शेयर बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

दोर्दी खोला जलविद्युत कम्पनी
यस कम्पनीले १ः१ को अनुपातमा १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

सन नेपाल लाइफ
यस कम्पनीले १ः०.२७ को अनुपातमा हाल कायम चुक्ता पुँजीको १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद बिक्रीका लागि बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS