IME Life New

बैंकहरुमा निक्षेप ६८ खर्ब पुग्यो, कर्जा लगानी कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६८ खर्ब रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार चैत २१ गते बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ६८ खर्ब रुपैयाँ पुगेको हो। यो दिन बैंक तथा संस्थाको निक्षेप १० अर्ब रुपैयाँले बढेको थियो। अघिल्लो दिनसम्म कुल निक्षेप ६७ खर्ब ९० अर्ब रुपैयाँ थियो।

Esewa
Crest

चैत २१ गते वाणिज्य बैंकहरुको मात्रै निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिनसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ६० खर्ब ६३ अर्ब रुपैयाँ रहेकोमा बढेर ६० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको हो।

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि ५ अर्ब रुपैयाँले बढेको छ। अघिल्लो दिनसम्म कुल कर्जा लगानी ५४ खर्ब ७५ अर्ब रुपैयाँ रहेकोमा चैत २१ गतेसम्म बढेर ५४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको हो।

चैत २१ गतेसम्म बैंकहरुको औसत सीडी रेसियो ७९.३४ प्रतिशत र अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS